पूर्वाञ्चल खबर
आज भएको खेलमा पुर्णियाले आयोजक प्रशान्त क्रिकेट क्लवलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुर्णियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो । पुर्णियाका प्लेयर अफ म्याच शिसिर साकेतले ६१ रन बनाउँदा भास्कर दुवेले ५८ रनको योगदान दिए । प्रशान्तका अर्वितले २ विकेट लिँदा शैफ र आशुतोषले पनि २ विकेट लिए ।
२ सय २७ रनको लक्ष्य पाएको प्रशान्तले १८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३६ बन मात्र बनायो । प्रशान्तका महमद नासिरले सर्वाधिक २९ रन बनाए । पुर्णियाका शिसिर साकेतले ३ विकेट लिँदा आयनले पनि ३ विकेट लिए ।