AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बाल संसारमा स्पाेर्टस् मिट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० पुष २०८२, बुधबार १८:०२
171
Shares
विराटनगर /विराटनगर ५ चाँदनी चाेक स्थित बाल संसार इङलिस बाेर्डिङ स्कुलमा सप्ताहब्यापी स्पाेर्टस् मिट सम्पन्न भएकाे छ ।

गत पुस २४ गतेदेखि विद्यालय प्राङ्गणमा आयोजित बार्षिक खेलकुद कार्यक्रम आज सम्पन्न भएकाे प्रिन्सिपल खड्ग राईले जानकारी दिए ।

खेलकुद कार्यक्रममा विद्यार्थीहरूले टेवलटेनिस, ब्याडमिन्टन, स्पुनरेस, २ सय मिटर दाैड, डज वल, म्युजिकल चेयर, चकलेट दाैड, हिसाब दाैड, बेलुन दाैड, हट पाेटेटाे, कप टावर, पजल सल्भिङ आदि खेलहरूमा सहभागीता जनाएको प्रिन्सिपल राईले बताए ।

प्रतियोगितामा प्रथम, दाेश्राे र तेश्राे हुने विद्यार्थीलाई प्रमाणपत्र, मेडल प्रदान गरिएको थियाे ।

खेलकुद कार्यक्रममा कक्षा पिजिदेखि कक्षा ५ सम्मका विद्यार्थीले सहभागीता जनाएका थिए ।

बाल संसारले हरेक वर्ष विद्यार्थीकाे क्षमता विकासका लागि पठनपाठनका साथसाथै खेलकुद सहितका विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको प्रिन्सिपल राईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर