AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

युवा संघको संयोजकमा थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७४, शुक्रबार १७:४१
3
Shares
उर्लावारी, १ बेशाख / सुमित थापको संयोजकत्वमा ३० सदस्सीय युवा संघ उर्लावारी वार्ड नम्बर ३ किमिटी गठन गरिएको छ ।
स्थानिय निकायको चुनावलाई लक्षित गरी युवा संघले कमिटी गठन गरेको हो ।
समितिको सह–संयोजकमा अमित राई र मिरा कुईँकेल,सचिवमा दिलिप पोखरेल,सह–सचिवमा प्रताप राई र कोषाध्यक्षमा निसान थापा रहेका छन् ।
यस्तै युवा संघले युवाहरूलाई परिचालन गर्ने हेतुले वार्ड नम्बर ३ मा टोल ईन्चार्जहरू पनि तोकेको छ । जसमा नयाँ मंगलबारे ईन्चार्जमा जमुना कट्टेल, मंगलबारे चोक ईन्चार्जमा एञ्जल कार्की,थापा चोक ईन्चार्जमा विक्रान्त अधिकारी,शान्ति मार्गमा प्रहल्लाद पोखरेल,मिलडाँडामा सुजत श्रेष्ठ,सुनपकुवा जाने बाटो टोलमा कृष्ण धिमाल,दुर्गा चोकमा पर्वत साह,चन्दनेमा सविन अर्याल । रामनगर चोकमा मनोज चम्लागाईँ र रोशन गुरागाँईलाई ईन्चार्ज तोकेको हो ।
चन्दनेमा आयोजित सो कार्यक्रममा बोल्दै युवा संघ जिल्ला सदस्य भिष्म बुढाथोकीले वार्ड नम्बर ३ मा फेरि पनि एमालेको साख जोगादै सूर्य ध्वजाबहाक झण्डा फहराउन युवाहरूले कुनै कसुर बाँकी नराख्ने बताए । यस्तै युवा संघ उर्लावारी संयोजक निर्मला गौतमले स्थानिय निकायको चुनावमा युवाहरूले दर्विलो उपस्थिती हुने बताईन् । कार्यक्रममा एमालेका पारसमणि कुईँकेल,मित्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।
सोहि कार्यक्रममा प्रताप राईको नेतृत्वमा २८ जना युवाहरू युवा संघमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा सन्देश राई,आवेश राई,सुनिल सिहं,सुवास मण्डल,कपिल सरदार,दिनेश सरदार,गणेश सरदार,सुमन थापा,मनोज लिम्बू,विक्रम लिम्बू,एञ्जल कार्की,उदय राई,स्वदेश राई,क्रिष्टिना बास्कोटा लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर