AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सनसारीमाईस्थान क्षेत्रमा एक महिनामै चार पसलमा ताला फुट्यो, व्यवसायी त्रसित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०८२, सोमबार १७:४६
126
Shares
विराटनगर / विराटनगर महानगरपालिका–९ स्थित सनसारीमाईस्थान क्षेत्रमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा चोरीका घटनाहरू बढेका छन्। एकपछि अर्को गर्दै पसलहरूको ताला फोडेर चोरी हुन थालेपछि स्थानीय व्यवसायीहरू त्रसित बनेका छन्।

पछिल्लो पटक आइतबार राति सनसारीमाईस्थान नजिकै रहेको राधाकृष्ण डेरी र सँगै रहेको किराना पसलमा चोरी भएको छ। जीवनकुमार बस्नेतले सञ्चालन गरेको डेरीको ताला फोडेर चोरहरूले नगद र विभिन्न जिन्सी सामग्री गरी २५ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरी गरेका छन्।

सञ्चालक बस्नेतका अनुसार सो क्षेत्रमा सुरक्षा निगरानी कम हुँदा पटक–पटक चोरी हुने गरेको छ। ‘पछिल्लो समय यहाँ एकपछि अर्को गर्दै चोरी भइरहेको छ, यसअघि पनि नजिकैका पसलहरूमा चोरी भएको थियो,’ बस्नेतले भने, ‘प्रशासनले निगरानी बढाएको भए यस्ता घटना हुने थिएनन्। सुरक्षाकर्मी सचेत हुन जरुरी छ।’

स्थानीयका अनुसार पछिल्लो एक महिनाभित्र मात्रै यस क्षेत्रमा चार वटा चोरीका घटना भइसकेका छन्। यसअघि एउटा पान पसलमा पनि ताला फोडेरै चोरी भएको थियो। सबै चोरीको प्रकृति एकै प्रकारको (ताला फोडेर गरिने) रहेको पाइएको छ।

स्थानीय व्यवसायी आकाश अग्रवालले दिनैपिच्छे जस्तो हुने चोरीका घटनाले व्यवसाय गर्नै असुरक्षित महसुस भएको बताए । ‘हामी यहाँ सुरक्षित महसुस गर्न सकिरहेका छैनौँ,’ अग्रवालले भने, ‘आज यहाँ चोरी भयो, भोलि हाम्रो पसलमा होला। प्रहरी प्रशासनले सुरक्षा दिन सक्दैन भने हामी व्यवसायी आफैँ सुरक्षा गर्न बाध्य हुनेछौँ।’

यता मोरङ प्रहरीले भने चोरीका घटनामा संलग्नहरूको खोजी भइरहेको जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले चोरीमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम भइरहेको बताए । उनले भने, ‘हामीले चोरीका घटनालाई गम्भीरतापूर्वक लिएका छौँ र यसमा संलग्नलाई कारबाही गर्दै आएका छौँ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर