AArya
RUMPUM
animated ellipse animated ellipse

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार निर्वाचन अगाडीनै– नियन्त्रणमा लिन्छौ : गृहमन्त्री अर्याल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०८२, बुधबार १७:५०
72
Shares
विराटनगर / गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीहरु आगामी फागुन २१ अगावै नियन्त्रणमा आईसक्ने बताएका छन् ।

निर्वाचन लक्षित गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकको उद्घाटन गर्दै उनले फरार अधिकांश कैदीवन्दीहरु फिर्ता भैसकेको र बाँकीलाई समेत विशेष अभियान सञ्चालन गरी यथासिघ्र फिर्ता ल्याउने कार्य भइरहेको जानकारी दिए ।

गृहमन्त्री अर्यालले राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषय प्रति सरकार संवेदनशील भएर काम गरिरहेको उनले बताए । गृहमन्त्री अर्याल भने,‘ दलसँगको बार्ता र संवादको समेतको बिषयमा सरकार जिम्मेवार, संबेदनशील र त्यतिकै उत्तरदायी रहेको छ ’ । भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उनले बताए ।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको मन्त्री अर्यालले जानकारी दिए । उनले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताए । उहाँले निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्ने मन्त्री अर्यालले बताए ।

मन्त्री अर्यालले भने,‘ निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ । देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’ निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेडका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ती सुरक्षाको प्रत्याभूति सहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको गृहमन्त्री अर्यालको भनाई छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैरदलिय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गरे । उनले निर्वाचनको वातावरण अझै बनि नसकेको बताए ।

मुख्यमन्त्री कार्कीले भने,‘ निर्वाचन आउन दुई महिना बाँकी त्यसको वातावरण निर्माण गर्नुपर्नेमा बताए । उनले भने, ‘निर्वाचनको नाममा मुलुकलाई मुडभेडमा नलैजाउँ ।’ सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवश्यक साधन श्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले ध्यानकर्षण गराए ।

सुरक्षा बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, कोशी प्रदशेका १४ वटै जिल्लाका सुरक्षा प्रमखहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर