AArya
RUMPUM
animated ellipse animated ellipse

विराट ट्रेड एक्स्पो : साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०८२, सोमबार १८:१८
90
Shares
विराटनगर/ विराट ट्रेड एक्स्पो अन्तर्गत आज साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ।

“साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योगनै रोजगारी सृजनाको मुख्य आधार भएको उल्लेख गर्दै यसको संरक्षण बिना आर्थिक समृद्धि सम्भव नभएको बताए।

जेनजी आन्दोलन पछि शिथिल बनेको अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन विराट ट्रेड एक्स्पो प्रभावकारी प्लेट फर्म बनेको बताउँ दैघिमिरेले भने, “बैंकमा तरलता छ तर ऋण प्रवाह सहज छैन, कर र श्रमनीतिले उद्यमीलाई थप दबाब दिएको छ, उत्पादन मुखी अर्थ तन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ।”

घिमिरेले ऊर्जा, श्रम, व्यापार र बजार सम्बन्धी स्थायी नीतिको अभावले साना तथा मझौला उद्योग समस्यामा परेको उल्लेख गर्दै ट्रिपिङरलो–भोल्टेजका कारण उत्पादन लागत बढेको बताए आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनले नेपालमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई नीतिगत संरक्षण दिनुपर्नेमा जोड दिए।कृषिमा आधारित उद्योग, ऊर्जा क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा कोशी प्रदेशमा प्रशस्त सम्भावना रहेको उनले औंल्याए।

उदय परियोजना का‘रिस्क शेयरिङलिड’ उत्सव घिमिरेले साना तथा मझौला उद्योगको इको सिस्टम सुदृढ गर्न समावेशी राजनीतिक र आर्थिक संस्थाकोआवश्यकताऔंल्याए। “बैंक ऋणबाहेक वैकल्पिक वित्तीय साधन नहुँदा उद्यम शीलता बढ्नसकेको छैन,” उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर