खबर पूर्वाञ्चल
नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको आयोजना तथा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको व्यवस्थापनमा पेटी ग्रेडिङ (परीक्षा) आयोजना गरिएको हो । संघले वार्षिक रुपमा कालोपेटी प्रथम डान, कालोपेटी दोस्रो डान र कालोपेटी तेस्रो डान गे्रडिङ (परीक्षा) गर्दै आएको छ ।
ग्रेडिङ कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले खेल र खेलाडीको स्तरोन्नतीका लागि सरकारले विभिन्न योजना ल्याएको बताए । उनले पछिल्लो समय प्रदेश सरकारले खेल र खेलाडीको वृद्धि विकासका लागि योजना बनाउँदै, विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको प्रस्टाए ।
सचेतक लिङ्थेपले पार्टीले पनि आफ्नो किसिमबाट खेलकुदको विकासका लागि खेलकुद महासंघ गठन गरेर खेलाडीको विकासका लागि खेल क्षेत्रलाई चलायमान गरेको सुनाए । उनले अहिले खेलाडीले खेलेर आफ्नो जीविकोपार्जन गर्न सक्ने वातावरण बन्दै गएकाले खेलाडीले लगनसिल भएर खेल्नुपर्ने बताए । खेल र खेलाडीको विकास गर्न सके राम्रो समाज बन्न सक्ने भएकाले सबैले खेल र खेलाडीको विकासमा गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।
कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष अरुण राठीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रविण कार्की, उपाध्यक्ष चतुरलाल चौधरी, केन्द्रीय सदस्य नवीन तामाङ र राजेन्द्र धिमाललगायतले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।
कोशी प्रदेशभरका ५५ जनाभन्दा बढी छात्रछात्रा खेलाडीहरुको सहभागिता रहेको संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।