AArya
RUMPUM
animated ellipse animated ellipse

निजी क्षेत्रलाई शंकाको घेरामा राखेर नभई विश्वास गरेर मात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ : अर्थमन्त्री खनाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०८२, बुधबार १८:४९
18
Shares
विराट ट्रेड एक्स्पो २०२५’ को उद्घाटन कार्यक्रमा बोल्दै अर्थमन्त्री रामेश्वर खनाल । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / मोरङ उद्योग व्यापार संघको आयोजनामा आजदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ ।

जेनजी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने अपेक्षासहित विराटनगर–१, शान्ति चोकमा आयोजित यस अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको उद्घाटन अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले गरे ।

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रलाई शंकाको घेरामा राखेर नभई विश्वास गरेर मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताए । उनले संकटका बेला निजी क्षेत्र आफैँ जुर्मुराएर अघि बढ्नु सकारात्मक रहेको उल्लेख गर्दै सरकारले उद्यमीहरूलाई सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

उनले संकटका बेला निजी क्षेत्र आफैँ जुर्मुराएर अघि बढ्नु सकारात्मक रहेको उल्लेख गर्दै सरकारले उद्यमीहरूलाई सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले संघीयताको वास्तविक कार्यान्वयनका लागि केन्द्रमा रहेको शक्ति र अधिकारलाई प्रदेश तथा स्थानीय तहसम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले कर प्रशासनलाई पूर्णतः प्रविधिमैत्री र झन्झटमुक्त बनाउने घोषणा गरे ।

राजनीतिक प्रसंगमा बोल्दै अर्थमन्त्री खनालले आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरे । निर्वाचन सर्ने हल्लाहरूको खण्डन गर्दै उनले भने, ‘फागुन २१ मा निर्वाचन हुन्छ, हुन्छ । यसमा कत्ति पनि शंका नगर्नुहोस् । अन्तर्राष्ट्रिय समुदायले समेत तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएको छ ।’ उनले निर्वाचनलाई थप लोकतान्त्रिक बनाउन मतपत्रमा ुनो भोटु को व्यवस्था गर्ने विषयमा कानुन निर्माणको तयारी भइरहेको समेत खुलासा गरे । हिमाली जिल्लामा हिउँ पर्न सक्ने सम्भावनालाई ध्यान दिँदै सुरक्षा संयन्त्रले मतदान केन्द्रहरूको व्यवस्थापन गरिरहेको उनले बताए ।

पुस १९ गतेसम्म सञ्चालन हुने यस एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । कूल २३० वटा स्टल रहेको मेलामा नेपालका साथै छिमेकी मुलुकहरू भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू समेत समावेश छन् । प्रदर्शनीमा कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको आकर्षण रहेको छ । मेला अवधिभर २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २५ देखि ३० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने र नेपाली बजारलाई अन्तर्राष्ट्रिय स्तरसम्म जोड्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएको बताए । मेला अवधिभर स्टार्टअप, पर्यटन, सूचना प्रविधि, साइबर सुरक्षा र महिला उद्यमशीलता जस्ता विषयमा विशेष थिमेटिक सेसनहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर