खबर पूर्वाञ्चल

जवाफमा १ सय ५३ रनको लक्ष पछ्याएको गौतमबुद्धले १७ दशमलव ५ बलमा सवै विकेटको क्षतिमा ९१ रनमा सिमित भयो । गौतमबुद्धका सिद्धार्थ राजवंशीले सर्वाधिक २८ रनको योगदान दिए । आदर्शका प्लेयर अफ म्याच गोरभ राँयले ४ विकेट लिँदा नन्दनल झाले ३ विकेट लिए ।
दोस्रो खेलमा सरस्वती स्कुलले विनायक स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई ४२ रनको झिनो योगफल तयार पारेको थियो । विनायकका अमन पोद्धारले सर्वाधिक १३ रनको योगदान दिए । सरस्वतीका प्लेयर अफ म्याच दिगाम्बर यादवले सर्वाधक ४ विकेट लिए ।
जवाफमा ४३ रनको झिनो लक्ष पाएको सरस्वतीले ७ ओभरमा २ विकेटको गुमाई सो विजयी लक्ष भेट्टाएको थियो । सरस्वतीका विकाश कामतले अविजित १६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट दिए ।