खबर पूर्वाञ्चल
ओली आज तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन् । ओलीले पोखरेललाई १ हजार ९९ मतान्तरले पराजित गरेका हुन् ।