AArya
RUMPUM
animated ellipse animated ellipse

नोबेलमा बालकको आँखा गुमेको घटनामा कारबाही गर्न प्रशासनले पाठायो काउन्सिलमा पत्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०८२, बिहीबार ०९:०३
72
Shares
विराटनगर / नाकको शल्यक्रियाका क्रममा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको घटनामा दोषी देखिएका चिकित्सकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङले नेपाल मेडिकल काउन्सिल (एनएमसी) लाई पत्राचार गरेको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भएको उक्त घटनाको छानबिन गर्न गठित सरकारी समितिले चिकित्सकको लापरबाही औंल्याउँदै कारबाहीको सिफारिस गरेपछि प्रशासनले सोमबार काउन्सिललाई पत्राचार गरेको हो ।

सुनसरीको इटहरी–१, हाँसपोसाका ७ वर्षीय बालक जेनिस पाठकको नाकको शल्यक्रिया गर्दा दाहिने आँखाको ज्योति सदाका लागि गुमेको छ । शल्यक्रियाको नेतृत्व गरेका वरिष्ठ डाक्टर बीचमै हिँडेको र जुनियर डाक्टरको भरमा शल्यक्रिया टुङ्ग्याउन खोज्दा बालकको आँखाको नसा नै काटिएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले प्राविधिक र लाइसेन्ससम्बन्धी विषय भएकाले मेडिकल काउन्सिललाई लेखी पठाएको बताए । ‘चिकित्सकसँग सम्बन्धित विषय र कारबाहीको अधिकार क्षेत्र मेडिकल काउन्सिलको हो । त्यसैले हामीले पीडितको जाहेरी, छानबिन समितिको प्रतिवेदन र सम्पूर्ण कागजात काउन्सिललाई बुझाएका छौं,’ कोइरालाले भने, ‘अब आवश्यक छानबिन र कारबाही काउन्सिलबाटै अघि बढ्नेछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालकी ईएनटी विभागीय प्रमुख डा। अनिता जिसीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिले मंसिर २६ गते जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाएको थियो ।

समितिको प्रतिवेदनमा घटनामा संलग्न मुख्य शल्यचिकित्सक, युनिट प्रमुख तथा असिस्टेन्ट सर्जन दोषी ठहरिएमा काउन्सिलको नियमानुसार ‘कडा अनुशासनको कारबाही’ ९लाइसेन्स निलम्बन वा खारेजी० गर्न सिफारिस गरिएको छ ।
साथै, समितिले उपभोक्ताको हक सुनिश्चित गर्दै पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सुझाव दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘बालकको जीवनभरको उपचार खर्च, मानसिक क्षति र भविष्यमा रोजगार गुमेको क्षतिका लागि लापरबाही गर्ने चिकित्सक र अस्पतालबाट नियमानुसार उचित र पर्याप्त क्षतिपूर्ति भराउने व्यवस्था गरिनुपर्छ ।’ बालकको आँखाको अवस्थाको स्वतन्त्र मूल्याङ्कन गर्न विशेषज्ञ सम्मिलित मेडिकल बोर्ड गठन गर्न पनि समितिले सुझाएको छ ।

घटना गत मंसिर ५ गतेको हो । नाकमा मासु पलाएको भन्दै भर्ना भएका जेनिसको शल्यक्रिया वरिष्ठ डा। प्रज्वल श्रेष्ठ र डा। कविराज बास्तोलाको टोलीले सुरु गरेको थियो । तर, जटिल मानिने शल्यक्रिया ९फेस्स० चलिरहँदा डा। श्रेष्ठ अर्को बिरामी हेर्न भन्दै थ्रेटरबाट निस्किएका थिए ।

शल्यक्रियापछि बालकले आँखा नदेख्ने बताएपछि आफन्तले विराटनगर आँखा अस्पताल पु¥याएका थिए । त्यहाँका नेत्ररोग विशेषज्ञ डा। मुकेश पाण्डेका अनुसार बालकको आँखाको नसा काटिएको र रगत सञ्चालन बन्द भएकाले ज्योति फर्कने सम्भावना नभएका बताएका थिए ।

बालकका मामा श्रीकृष्ण प्रसाईले दोषी डाक्टरलाई हदैसम्मको कारबाही र भान्जाको भविष्य सुरक्षित हुने क्षतिपूर्ति नपाएसम्म कानुनी लडाइँ लड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर