AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ मंसिर २०८२, शनिबार १३:०४
81
Shares
विराटनगर / मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान दूध बिक्री गर्न बजार हिँडेका सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटना आज बिहान करिब साढे ६ बजेतिर भएको हो । घिमिरे आफ्नो घरबाट दूध लिएर विराटचोकतर्फ जाँदै गर्दा बाटोमा अचानक जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर चोट लागेका घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ ।

झापा र मोरङका जंगल आसपासका क्षेत्रमा पछिल्लो समय जंगली हात्तीको आतंक बढ्दो क्रममा रहेको छ, जसका कारण स्थानीय बासिन्दा त्रसित बन्न पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर