AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन स्पोर्ट्स मिट : फुटबलतर्फ मोरङका ६ स्कुल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०८२, सोमबार १८:४१
144
Shares
विराटनगर / विराटनगरमा जारी १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत कक्षा ११ र १२ तर्फको फुटबल प्रतियोगितामा सोमबार ६ वटा विद्यालय विजयी भएका छन् ।

विराटनगरमा भएको खेलहरूमा विराटनगरको सेन्ट जोसेफ, हरैंचा मोडल, ब्राइट फ्युचर, पशुपति, भृकुटी र पथरीको रेडस्टार स्कुलले आ–आफ्नो खेल जित्दै नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

आज भएको पहिलो खेलमा सेन्ट जोसेफ स्कुलले एभरेष्ट स्कुललाई ४–१ गोल अन्तरको फराकिलो जित निकाल्यो । खेलको ‘म्यान अफ द म्याच’ सेन्ट जोसेफका आषिश दास घोषित भए ।

दोस्रो खेलमा हरैंचा मोडल स्कुलले द राइजिङ स्कुललाई ३–१ गोलले पराजित गर्यो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका हरैंचा मोडलका लक्ष्मी विश्वास ‘म्यान अफ द म्याच’ भए ।

त्यस्तै, तेस्रो खेलमा ब्राइट फ्युचर स्कुलले शिक्षा सदन स्कुलमाथि ३–१ गोलको जित दर्ता गर्यो । खेलको ‘म्यान अफ द म्याच’ ब्राइट फ्युचरका आयुष न्यौपाने घोषित भए ।

चौथो खेलमा पशुपति स्कुलले बेलबारीको सगरमाथा स्कुललाई २–० गोलले हरायो । पशुपतिका विधान मगर खेलको ‘म्यान अफ द म्याच’ बने ।

पाँचौं खेल निकै प्रतिस्पर्धात्मक रह्यो । जसमा भृकुटी स्कुलले नोबेल एजुकेशनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयमा निर्णय हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । यस खेलको ‘म्यान अफ द म्याच’ भृकुटीका सुशान्त खड्का घोषित भए ।

अन्तिम तथा छैटौं खेलमा पथरीको रेडस्टार स्कुलले सुनगाभा स्कुललाई ३–१ गोलले पराजित गर्यो । खेलमा रेडस्टारका सौगात राई ‘म्यान अफ द म्याच’ घोषित भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर