पूर्वाञ्चल खबर
मोरङको सुन्दरहरैचा नगरपालिका–१० विराटचोकमा सञ्चालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका फार्मेसीका सञ्चालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ बर्षीय शुसिल काफ्ले र उनकीे श्रीमती ३२ बर्षीया गोमा कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका काफ्ले र कार्कीले नशाका विरामीले सेवन गर्ने ‘डाइसाइकोलोमाइन (स्पासपेन) र प्रिगाभालिन नामको औषधीको चरम दुरूपयोग गरि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिए ।
स्पासपेन र प्रिगाभालिन मिक्स गर्दा नशा दिने गर्दछ । त्यही भएर फार्मेसी सञ्चालकले औषधीको अनुचित प्रयोग गरेर लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरिएको पाइयो,’ उनले भने, ‘यी औषधीहरु चिकित्सकको सिफारिसमा मात्र विक्री वितरण गर्नुपर्ने हुन्छ ।’
फार्मेसी सञ्चालक काफ्लेको होलसेल र खुद्रा पसल विराटचौकमा रहेको छ । उनको डे – ड्रिम मेडिसिन सेन्टर थोक पसल हो । उक्त पसलको धनी र व्यवसायी काफ्ले स्वयम रहेका छन् । थोक पसलमा स्पासपेन र प्रिगाभालिन औषधी ल्याएर खुद्रा नेती फर्मादेखि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको पाइएको कट्टेलले बताए । ४० रुपैयाँ पत्तामा विरामीले पाउने स्पासपेन र प्रिगाभालिन कमाउ धन्दामा लागेका फार्मेसी सञ्चालक काफ्लेले लागूऔषध प्रयोगकर्तालाई पाँचौ गुणा बढी मूल्य ३ ट्याबलेटको २ सय रुपैयाँमा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
काफ्लेको पसलदेखि १ नम्बर प्रदेश प्रहरी कार्यलाय विराटनगरको रिट समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा सञ्चय गरेको औषधी पनि बरामद गरेको छ ।