विराटनगर, ३१ चैत / नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा आज विराटनगरमा सम्पन्न भएको छ ।
बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७२/७३ को वितरण योग्य मुनाफाबाट ११ दशमलव ०५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ । सभामा संचालक समिति अध्यक्ष डाक्टर भेष प्रसाद धमलाले आर्थिक वर्ष २०७२/७३ मा बैंकले ८९ हजार ६ सय ६० घर परिवारमा लघुवित्त सेवा पु¥याई ५९ हजार ८ सय ४२ ऋणी सदस्यलाई २ अर्ब १३ करोड ऋण लगानी गरेको जानकारी दिए ।
साथै ८१ करोड बचत संकलन गरी १२ करोड ५६ लाख ५८ हजार ३ सय ७५ बैंकले खुद मूनाफा आर्जन गरेको जनाइएको छ । बैंकको चुक्ता पुँजी २१ करोड ६० लाख पुगेको साथै हालै निष्काशन गरिएको हकप्रद शेयर पश्चात बैंकको चुक्ता पुँजी ३० करोड ६० लाख पुग्ने जानाइएको छ ।
उक्त साधारण सभावाट संस्थापक शेयरधनीहरु मध्येबाट मणिकुमार अज्र्याल र भुवनेश्वर मण्डल तथा सर्वसाधारण शेयरधनीहरु मध्येबाट सुधिरकुमार श्रेष्ठ र लोकनाथ खनाललाई बैंकको संचालकमा नियुक्ति गरिएको छ ।