लेटाङ, ३० चैत / बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा लेटाङ भोगटेनी नगरपालिकामा कांग्रेसबाट मेयरमा ज्ञानेन्द्र ढकालको चर्चा चलिरहेको छ ।
विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय, जिल्ला विकास समितिमा मोरङको सर्वदलीय समितिमा रहेर विकास निर्माणमा सक्रिय रहेका ढकाल स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् ।
स्थानीय संघसंस्था र रानीतिक दलसँग सहकार्य गर्न सक्ने खुबी भएका ढकाल राजनीतिमा चतुर खेलाडी मानिन्छन् । विकास निर्माणमा उत्तरी मोरङमा परिचित रहेका ढकाल बौद्धिक ब्यक्तित्वको रुपमा पनि लिने गरिएको छ । जनता र पार्टी कार्यकर्ताबीच लोकप्रिय रहेका ढकाल पार्टीले मेयरमा टिकट दिएको खण्डमा आफू जनताको सेवक भएर काम गर्न आतुर रहेको बताउँछन् । आम जनता र पार्टी कार्यकर्ताको साथ र सहयोगले आफू मेयर बन्ने उनको दाबी छ ।