AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धमला पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ आश्विन २०८२, शुक्रबार १७:३५
459
Shares
विराटनगर / झापामा बलात्कार (जबरजस्ती करणी)बाट १३ वर्षीया बालिका गर्भवती भएको घटना बाहिर आएको छ । बलात्कार गरेर बालिकालाई गर्भवती बनाएको आरोपमा १ जना युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घटना २०८१ चैत २५ गतेको हो । बालिकालाई गर्भवती बनाउने गौरादह नगरपालिका–५, कटकपुरका १८ वर्षीय राघव धमलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धमलाले चैत २५ गते घरनजिकको बाँसघारीमा लगेर बालिकलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । बलात्कारपछि बालिका गर्भवती भएकी थिइन् । बालिकाको पेट बढ्दै गएपछि सोधपुछ गर्दा उनी बलात्कृत भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

धमलाले डर र त्रास देखाएर बालिकालाई करणी गरेको र उनी गर्भवती भएपछि घटना बाहिर आएको प्रहरीले उल्लेख गरेको छ । पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय झिलझिलेमा किटानी जाहेरी दिएपछि प्रहरीले धमलालाई पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

धमालविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । धमलालाई अहिले झिलझिले प्रहरीको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर