खबर पूर्वाञ्चल
राईको कमाण्डमा खटिएको प्रहरी चेकजाँच टोलीले भदौ २८ गते विराटनगर महानगरपालिका–१५ स्थितबाट २ सय ६२ किलो ५८० ग्राम गाँजासहित बोलेरो गाडी (ना.१ च ५८२६) नियन्त्रणमा लिएर संलग्न तीन जनालाई पक्राउ गरेको थियो।
त्यसैगरी विराटनगरका विभिन्न स्थानहरूबाट चोरी भएका ल्यापटप ११ थान, मोटरसाइकल १, अटो टेम्पो ३, सिटी रिक्सा १, स्कुटर ४, १२ भोल्ट ब्याट्री १४, इनभर्टर ३, सोफा ४, फ्रिज २, एसी १, इलेक्ट्रिकल ओभन १, स्ट्यान्ड फ्यान २ र इन्डक्सन चुलो १ समेत फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ।
यस्तै, राईको नेतृत्वमा विराटनगर महानगरपालिका–१३ र १५ बाट लागूऔषध नियन्त्रण ब्यूरोसँगको समन्वयमा ३ सय ३७ ग्राम ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गर्न पनि प्रहरी सफल भएको थियो।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक राईलाई कोशी प्रदेश प्रहरी कार्यालयले २०८२ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो।