पूर्वाञ्चल खबर
साधारण सभाले ४९ करोड ९० लाख १४ हजार ५ सय ८२ रुपैया वासलात रहेको प्रतिवेदनलाई पारित गरेको छ ।
सो अवशरमा संस्थाका अध्यक्ष रमेशप्रसाद पोखरेलले संचालक समितिको प्रतिवेदन बाचन गर्दै संस्थाको कूल शेयर पूँजी ४ करोड १५ लाख ९१ हजार, कर्जा लगानी ३४ करोड ८५ लाख ४२ हजार, बचत ३५ करोड ५५ लाख ४९ हजार रहेको कुरा बताए । संस्थाले आ.व. २०८१÷०८२ मा खुदनाफा ३८ लाख ५६ हजार गर्न सफल भएको कुरा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले नियमित कारोवारका अतिरिक्त रक्तदान कार्यक्रम, जेष्ठ नागरिक तिर्थाटन, जेष्ठ सदस्य सम्मान, साँस्कृतिकअन्तर घुलन, बृक्षारोपण, पोशाकवितरण, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु समेत यस बर्ष संचालन गरेको जनाईएको छ ।
साधारण सभाकै अवशरमा समाज सेवी दिनवन्धु गोयल र संस्थाद्धारा स्थापना गरिएको स्व–ओमप्रकाश गोयल–स्टार छात्रवृत्ति अन्तर्गत यस बर्ष विभिन्न सामुदायिक विधालयबाट एसईई उत्तिर्ण ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे । हरेक वर्ष सो कोषबाट जनही ७ हजारका दरले ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ । सोहि अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वेनु सिता, पर्शुराम स्टार कोषवाट विराटेश्वर वृद्ध आश्रमको भवन निर्माणका लागि २५ बोरा सिमेन्ट उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष पोख्रेलको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रको प्रमुख आतिथि अग्रज सहकारी अभियन्ता मुक्ति बराल रहेका थिए ।