उर्लाबारी, २९ चैत / नेपाल तरुण दल उर्लाबारी नगर समितिले आज आयोजना गरेको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै १८ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आसन्न स्थानीय निकायको चुनावलाई लक्षित गरी उर्लाबारी–३ चन्दनेमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पसका पूर्व इकाइ उपाध्यक्ष सुमन कुईँकेल सहित १८ जना युवाहरुलाई नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेस मोरङ ९ का क्षेत्रीय सभापति खड्ग फागो,महासमिति सदस्य ललित अधिकारी लगायतले अविर लगाएर पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश गर्नेहरुमा विशाल बोहोरा,सुमन थापा,कमल थापा,सविना निरौला,करण भण्डारी,सविन अर्याल,खिलाराज भट्टराई,धुव्र कुइँकेल,ओम थापा,सुरेश बुढाथोकी,अशिष तामाङ,विपिन कुईँकेल,रविन खवास,विजय साह,ललित साह,धनबहादुर श्रेष्ठ र मनोज बराईली रहेको नेपाली कांग्रेसका क्रियाशील सदस्य राम तिम्सीनाले जानकारी दिए ।
तरुण दलद्वारा आयोजित सो कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति फागोले युवाहरुलाई कांग्रेसले पार्टी भित्र सम्मानजनक स्थान दिने बताए । दुई दशक पछि हुन लागेको स्थानीय निकायको चुनावमा उनले विवेक पु¥याएर मत हाल्न आग्रह गर्दै भूmठको राजनीति गर्नेहरुबाट आम समुदाय सचेत हुनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नेता फागोले नेकपा एमालेले ‘राष्ट्रवादी’कार्ड प्रयोग गर्दै जनतालाई भड्काउन खोजेको आरोप लगाए । उनले प्रश्न गर्दै भन्ै ‘एमाले सच्चा राष्ट्रवादी थियो भने उसले किन विदेशी नेताको फोटो राख्दै प्रचारबाजी गर्दै हिड्छ ?’ एमालेलाई कटाक्ष गर्दै फागोले भने –‘कम्यूनिष्टहरुले विभिन्न वाद भन्दै सोझा जनताको मन डाइर्भट गर्दै हिडेका छन् । ’
नेपाली कांग्रेसकी क्षेत्रीय सदस्य इन्दू कार्कीले वृद्धा भत्ता कांग्रेसले दिएको दावी गर्दै भनी–‘भत्ता दिने सम्पूर्ण तयारी कांग्रेसले गरेको थियो,बाड्ने बेलामा मात्र एमाले आएको हो । ’
नेपाली कांग्रेस महासमिति सदस्य ललित अधिकारी,महासमिति सदस्य ललित अधिकारी,वडा नम्बर ३ का सभापति गञ्जबहादुर कार्की,खगेन्द्र थापा ‘ए’ लगायतले मन्तव्य राखेका थिए ।
नेपाल तरुण दल मोरङ जिल्ला सचिव सचिन शाक्यको सञ्चालन,सुरेन्द्र निरौलाको स्वागत मन्तव्य र तरुण दल उर्लाबारी उपसभापति रोहित कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच,चन्दने युवा समाजद्वारा निर्माणाधीन स्तम्भ निर्माणका लागि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भिमलाल गहतराज र खगेन्द्र थापा ‘ए’ले नगद सहयोग गर्ने भएका छन् ।
आजै तरुण दलले चन्दनेमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै गहतराजले नगद ५ हजार र थापाले ५ हजार ५ सय ५१ रुपैयाँ सहयोग गर्ने बताएका छन् ।