AArya
RUMPUM
animated ellipse animated ellipse

भगतको दावी नपुग्ने फैसला हुँदै थाकस मोरङको २ वर्षदेखिको विवाद निरुपण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०८२, आईतवार १८:५१
117
Shares
विराटनगर / थारु कल्याणकारिणी सभा (थाकस) मोरङको नेतृत्वको विषयमा झण्डै २ वर्षदेखिको विवाद जिल्ला अदालत मोरङले निरुपण गरेको छ ।

नेतृत्व विवादमा जिल्ला अदालत मोरङले वादी प्रदिपकुमार भगत थारुले दायर गरेको किर्ते जालसाज मुद्धामा दावी नपुग्ने फैसला गरेको छ । गत असार ८ गतेकोे फैसलासँगै थाकस मोरङमा लामो समय देखिको नेतृत्व विवाद टुंगिएको हो ।

थाकस मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै अदालतले २०८० चैत ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदीपकुमार विश्वास नेतृत्वको कार्यसमिति नै वैधानिक भएको अदालतले पुष्टि गरेको जनाएको छ । निर्वाचनमा विश्वासले कुल खसेको मतमा ६० प्रतिशत मत कटाएका थिए । उनले २७२ मत खसेकोमा १५४ मत प्राप्त गरि निर्वाचित भएका थिए । विश्वास सभापतिमा निर्वाचित भएपनि भगत पक्षले अस्वीकार गर्दै अदालतको फैसला कुरेको थियो ।

थाकसको नयाँ नेतृत्व चयनका लागि २०८० पुस १५ गते निर्वाचन मिति निर्धारणका लागि सभापति पदका उम्मेदवार दुवै जना प्रदिपकुमार÷प्रदिपकुमार भएकाले गोला प्रथाबाट क्रम संख्या १ र २ टुङ्ग्याउनका लागि तानिएको गोलामा भगतलाई क्रसं. २ नंं परेपछि उनले गोला तान्ने क्रममा किर्ते जालसाज भएको भन्दै २०८० पुस २६ गते जिल्ला अदालत मोरङमा सभापति प्रदिपकुमार विश्वास र निर्वाचन अधिकृत जयराम पञ्जियार विरुद्ध मुद्धा दायर गरे ।

गत असार ८ गते जिल्ला न्यायाधिश जुद्धबहादुर आलेको इजलासले बादी भगतको जालसाज मुद्धामा दावी नपुग्ने फैसला गरेको थियो । फैसलाको पूर्णपाठ आएपछि थाकस मोरङले अदालतले लामो समयदेखिको विवाद निरुपण गरेको जनाएको छ । सभापति प्रदिपकुमार विश्वासले थाकस मोरङको विवाद सकिएसँगै संस्थाले कामको गति बढाउने बताए । उनले थाकस मोरङको विवाद केन्द्रीय समितिले सिर्जना गरेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर