RUMPUM
animated ellipse animated ellipse

निर्वाचनमा मत हाल्न मतदाता उत्साहित आयुक्त – दाहाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७३, मंगलवार ११:०२
3
Shares
तस्वीर- पुष्पराज थपलिया
विराटनगर, २९ चैत / निर्वाचन आयुक्त नरेन्द्र दाहालले मुलुकुभर एकै चरणमा आगामी वैशाख ३१ गतै नै स्थानीय तहको निर्वाचनको लागी मतदाता मत हाल्न निकै उत्साहित भएको बताएका छन् ।
आज विहान विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त दाहालले लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनका कारण जनता निकै उत्साहित रहेको बताएका हुन् । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउँन सरकार तीब्र गतिमा अगाडि बढेको भन्दै २ नम्बर प्रदेशमा पनि एकै समयमा निर्वाचन हुने उनको भनाई थियो ।
उनले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कुनै चुनौति र समस्या नरहेको बताए । बाहिरबाट देखे जस्तो सुरक्षा सम्बन्धी कुनै चुनौति नभएको उनको दाबी थियो । सुरक्षा निकायको चार तहकै सुरक्षाकर्मी पचिारल नहुने भएकाले सुरक्षा स्थितिमा कुनै समस्या नरहेको दाहालले बताए ।
आयोगले मतदाता नामावली तयार, मतदाता परिचयपत्र छापिएर अन्तीम अवस्थामा पु¥याएको दहालले जानकारी दिए । साथै अन्य सामाग्रीहरु समेत तयारी अवस्थामा रहेको र अब छिटै मुख्य निर्वाचन अधिकृतहरुको कार्यालयमा पु¥याइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर