AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बुढानीलकण्ठस्कुलमा कृष्ण जन्माष्टमी महोत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० श्रावण २०८२, शुक्रबार १९:००
36
Shares
विराटनगर/ विराटनगर २ मा अवस्थित बुढानीलकण्ठ आधारभूत माध्यमिक विद्यालयमा कृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विगत ४२ वर्षदेखि शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले धार्मिक तथा सांस्कृतिक कार्यक्रमको रूपमा यो महोत्सव आयोजना गरेको हो।

महोत्सवको शुरुआतमा कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका साना बच्चाहरूले राधाकृष्ण र गोपीनीहरूको वेश धारण गरी मञ्चको शोभा बढाएका थिए। कक्षा एकदेखि दशसम्मका विद्यार्थीहरूले विभिन्न धार्मिक गीतहरूमा नृत्य प्रस्तुत गरे।

कार्यक्रममा नाटकको माध्यमबाट भगवान श्रीकृष्णका बाललीला र कंसको वधको दृश्यहरू प्रस्तुत गरिएको थियो। नाट्य प्रदर्शनमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न भूमिकामा अभिनय गरेका थिए।
कार्यक्रमको अन्त्यमा परम्परागत लाखे नृत्य समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका खेलेका शिक्षक शिक्षिकाहरू लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेका सम्पूर्ण शिक्षक विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईले धन्यवाद ज्ञापन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर