AArya
RUMPUM
animated ellipse animated ellipse

संविधान शंसोधनको कुनै परामर्श भएको छैन- महासचिव पोख्रेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७३, सोमबार १७:३९
3
Shares
फाइल तस्वीर
इलाम, २८ चैत / नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संविधान संशोधन गर्न एमालेले कुनै पनि सहमति नदिएको बताका छन् ।
 एमालेसँग परिमार्जन सहित संविधान संशोधनको दर्ता गर्ने विषयमा परामर्श र छलफल नभएको भन्दै महासचिव पोख्रेलले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाल झेल पूर्ण पोलिटिकल मार्केटिङ गरेको आरोप लगाए ।
आज विहान प्रेस चौतारी इलामले इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले संविधान संशोधनको विषयलाई लिएर सत्ता पक्ष स्थानीय तहको निर्वाचन सके टार्ने केही नभए सार्नै खेला गर्दै गरेको बताए ।
 पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुबास चन्द्र नेम्वाङले मधेसी दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन गरौं भन्ने कुरामा एमाले सधैं सकारात्म रहेको बताए । नेता नेम्वाङले कम्तिमा मधेशी मोर्चाको कुरा के हो त्यो ल्याउनुस भन्दा पनि  प्रधानमन्त्री प्रचण्डले अहिले सम्म त्यो मुख्य कुरा स्पष्ट रुपमा नलाएको बताए ।
 नेता नेम्वाङले प्रचण्डले स्थानीय तहको संख्या बढाउने कुरा ठीक नभएको बताए । उनले निर्वाचनको मिति तय भइसक्दा स्थानीय तहको संख्या बढाउँ भन्ने कुरा निर्वाचनको अघिल्लो दिन मतदाता संख्या थपौं भने जस्तै भएको स्पष्ट पारे ।
नेता नेम्वाङले जनताको अधिकार कटौती गर्ने पक्षमा नभएको भन्दै स्थानीय तहका प्रतिनिधिले माथिल्लो तहका हाउसमा भोट हाल्न नपाउने सत्ता पक्षको कुरामा आफूहरु सहमत नहुने बताए । एमालले स्थानीय तहका प्रतिनिधिले माथिल्ला निर्वाचनहरुमा मत जाहेर गर्न पाउनु पर्छ भनेरै अगाडि बढेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर