पूर्वाञ्चल खबर
प्रदेशका निर्वतमान अध्यक्ष नरेन्द्र खड्काले अध्यक्ष टिकाराज ढकाल, उपाध्यक्षद्वय भीमवहादुर पौडेल, राजेन्द्र राउत, कोषाध्यक्ष रमेश राठी र नौ सदस्यहरुलाई बुधबार साँझ शपथ ग्रहण गराए ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पर्यटन र कृषिमा सरकारको सहकार्यबाट मुलुकमा रोजगारी वृद्धि भै आर्थिक समृद्धि कायम हुने बताए । उनले कोभिडको महामारीका कारण मुलुकको आर्थिक क्षेत्रमा ठूलो असर परेका कारण निजी क्षेत्रका उद्योग एवं व्यवसाय बन्द भै पलायन भएको अवस्थामा तीन तहको सरकारले यसको उत्थानमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेश १ का सरकारका प्रमुख सचिव दिनेश भट्टराईले देशको अर्थतन्त्र चलायमान गर्न निजी क्षेत्रलाई आवश्यक सहयोग गर्न सरकारको साथ रहने विश्वास दिलाउदै ठूला उद्योगले साना उद्योलाई साथलिई हिड्न आग्रह गरे ।
नवनिर्वाचित अध्यक्ष टिकाराज ढकालले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न सरकारसँग सहकार्य गर्ने विचार व्यक्त गरे ।
संघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले कोभिड ग्रसित निजी क्षेत्रका उद्योगमा ठूला लगानी गर्नुमा जोड दिदै प्रदेश महासंघको भवन निर्माणमा केन्द्रले आवश्यक पहल गर्न आग्रह समेत गरे ।
संघका निवर्तमान अध्यक्ष नरेन्द्र खड्का, विजय सन्तोषी राईले राजश्वमा ७० प्रतिशत वुझाउने निजीक्षेत्र मुलुकको विकासको क्षेत्रमा अग्रणी भूमिका रहेको धारणा राखे ।