AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘मेरा स्वास्थ्य, मेरो जिम्मेवारीे’ नीतिलाई कार्यान्वयन गर्न सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्छ : मन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ असार २०८२, सोमबार १९:२७
81
Shares
विराटनगर/ कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वस्थ्य जीवन कायम गर्न हामीले हाम्रो खानपानमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सञ्चारकर्मी एवं सरोकारवालाहरुका लागि पैरवी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राईल सो कुरा बतानएका हुन् । समाज,प्रदेश र राष्ट्रलाई स्वस्थ्य बनाउने अभियानमा संचारकर्मीहरुले गाउँ तथा शहरमा समाचारका माध्यमबाट सचेतना फैलाउन उनले आग्रह गरे ।

भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका मन्त्री राईले सङ्घीयता प्राप्त पछि तीन तहको सरकारले विगतको वर्षहरु भन्दा औषधि खरीदमा वृद्धि भएकोले यसको नियन्त्रण गरी नागरिकलाई आहार,व्यायामका साथै दैनिक जीवनको कार्यपरिवर्तन गरी राष्ट्रलाई दुर्घटनाबाट जोगाउनु जरुरी रहेको बताए । उनले प्रदेश सरकारले ल्याएको ‘मेरा स्वास्थ्य, मेरो जिम्मेवारीे’ नीतिलाई कार्यान्वयन गर्न सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
सोही अवसरमा मन्त्री राईले खान हुन तथा खान नहुने खाद्य तथा पेय पदार्थको सम्बन्धमा स्टलमा गई जानकारी लिए ।

कार्यक्रममा मन्त्रालय अन्तगर्त विभिन्न कार्यालयका स्वास्थ्यकर्मी, निजी अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मी,आयुर्वेद कार्यालयका कर्मचारीहरु तथा सञ्चारकर्मीहरुको सहभागिता थियो । नागरिकलाई स्वास्थ्यप्रति जिम्मेवार बनाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर