AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नगर प्रहरी र प्रशासनको मिलेमतोमा केसलिया खोलाको अवैध माटो उत्खनन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ असार २०८२, आईतवार १८:१३
153
Shares
विराटनगर / विराटनगर महानगरपालिका–४ इक्राहीस्थित केसलिया खोलामा अवैध माटो उत्खननको गतिविधि तीव्र रूपमा बढेको छ।

दिनदहाडै दर्जनौं ट्र्याक्टरमार्फत माटो र बालुवा चोरी भइरहेको भए पनि नियमनकारी निकाय भने मौन छन्। स्थानीयवासीका अनुसार नगर प्रहरी, प्रशासन र राजनीतिक पहुँचको आडमा खुल्लामखुल्ला चोरी भइरहेको छ।

सरकारले असारदेखि भदौसम्म खोलामा उत्खननमा प्रतिबन्ध लगाएको भए पनि केसलिया खोलाबाट दैनिक सयौं ट्र्याक्टर माटो निकालिने क्रम रोकिएको छैन। स्थानीयले को १ त ३५८, ५४३१, १२२३, २४८० लगायतका नम्बरका ट्याक्टरमार्फत गणेश यादव, कमल यादव, अम्लु यादव, जयकिशोर यादव, प्रभुलाल यादवलगायतले माटो उत्खनन गर्दै आएको बताएका छन्। एक ट्याक्टर माटो १५ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ।

अवैध उत्खननका कारण खोलामा १५–२० फिट गहिरा खाडल बनेका छन्, जसले बर्खामा बाढी बस्तीमा पस्ने खतरा बढाएको छ। स्थानीयहरूका अनुसार प्रहरीलाई मासिक रकम बुझाएर चोरीको संरक्षण हुँदै आएको छ। निगरानी गर्न इक्राही चोकमा ट्याक्टरको आवागमन नियाल्ने ‘सूचना समूह’ समेत सक्रिय छ।

पत्रकार टोली घटनास्थल पुग्दा अवैध उत्खनन भइरहेको अवस्थामा चारवटा ट्र्याक्टर भेटिएका थिए। संचारकर्मीले फोटो र भिडियो खिच्न थालेपछि ती ट्याक्टर माटो आधा बोकेरै हतारहतार भागेका थिए।

नगर प्रहरी प्रमुख राजन पौडेलले जनशक्ति अभावले खोला अनुगमन गर्न नसकेको बताए। उनका अनुसार ४६ जनाको दरबन्दी घटेर हाल १३ जना मात्रै रहेको छ। विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन थपलियाले नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाइएको स्मरण गराउँदै दोषीमाथि कारबाही हुने बताए। नगर प्रहरीलाई तत्काल घटनास्थलमा पठाउने जानकारी समेत उनले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर