AArya
RUMPUM
animated ellipse animated ellipse

उत्कृष्ट शैक्षिक संस्थाको सम्मान विराटनगरको शिक्षादीप कलेजलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०८२, आईतवार ११:०१
171
Shares
विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगर–९ मा रहेको शिक्षादीप कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ ।

विभिन्न सामाजिक सेवा, साहित्य, पत्रकारिता र कला–संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएको चन्द्रलोक प्रतिष्ठानुद्वारा नेपालका उत्कृष्ट शैक्षिक संस्थालाई प्रदान गरिने उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२ यस वर्ष कोशी प्रदेशबाट शिक्षादीपलाई काठमाण्डौमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो ।

पत्र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईलाई सम्मान पत्र हस्तान्तरण गरे । उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२ कोशी प्रदेशबाट शिक्षादीप कलेजले प्राप्त गरेकोमा हामी अत्यन्तै गौरवान्वित छौं र यस संस्थाको समग्र विकासमा निरन्तर लागि पर्ने को–अर्डिनेटर भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर