AArya
RUMPUM
animated ellipse animated ellipse

सहकारी अगुवालाई प्राथमिक उपचार सम्बन्धि एक दिवसिय प्रशिक्षण कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०८२, सोमबार १८:४६
81
Shares
दमक / एन्जल फाउण्डेसन उर्लाबारीले सुनसरी, मोरङ र झापाका सहकारी अगुवाहरुलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।

जीवित नै अस्पतालसम्म पुर्‍याउन सक्दा मात्र उपचार सम्भव हुने भन्दै फाउण्डेसनले झापाको दमकमा एकदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा करिब दुई सय सहकारीका अध्यक्ष, प्रबन्धक तथा कर्मचारीहरुको सहभागिता थियो । तत्काल प्राथमिक उपचार पाउँदा ज्यान जोगिन सक्ने भएकाले प्रत्येक घरपरिवारका एक जनामा प्राथमिक उपचारको ज्ञान हुन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

हृदयघात, सर्पदंश, कुकुरको टोकाईलगायतका समस्या हुँदा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने विषय लाई तालिममा व्यवहारतः प्रस्तुत गरिएको थियो । फाउण्डेसनले प्राथमिक उपचार सम्बन्धि ज्ञान समुदाय तहसम्म पु¥याउन सहकारीका माध्यमबाट सहज हुने भन्दै अगुवाहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रवन्धक निर्देशक सन्तोष कार्कीले बताए । उनले कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धि केहि महत्वपूर्ण विषयहरु समेत प्रस्तुत गरे।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सीपको विस्तारले नागरिकमा गैर सरकारी संस्थाहरुप्रति विश्वास बढ्ने बताए । उनले यस्तो कार्यले राज्यलाई समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे। सहकारी संस्थाहरुले नागरिकको आर्थिक व्यवहारका साथै सामाजिक सचेतनामा समेत परिवर्तन ल्याउनुपर्ने उनले बताए। उनले पछिल्लो समय कोशी प्रदेशमा लागुपदार्थ दूव्र्यसन र आत्महत्याको दर निकै बढेको भन्दै त्यसको न्यूनिकरणका लागि अभियान चाल्नुपर्ने बेला आएको बताए ।

मन्त्री भण्डारीले यस क्षेत्रमा काम गर्ने संस्थाहरुको खोजीमा मन्त्रालय समेत रहेको बताए। उनले मुलुकमा सबै क्षेत्रमा प्रशस्त विकास भएको भन्दै निराशा हुन नपर्ने बताए। यद्यपी नेपालको सिमीत बजेटका कारण अपेक्षाकृत गतिमा विकास हुन नसकेको स्वीकारे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइरालाले स्वास्थ्यका क्षेत्रमा सचेतना जगाउँदै जनताई स्वस्थ्य रहन प्रेरित गर्ने फाउण्डेसनको काम प्रशंसनीय रहेको बताए । कोशी प्रदेशको उर्लाबारीमा रहेको संस्थाले छोटो समयमा कार्य क्षेत्र विस्तार गर्दै तीन वटा प्रदेश पुग्नु सुखद रहेको भन्दै उनले संस्थाको स्थायीत्वमा ध्यान दिन आग्रह गरे। एन्जल फाउण्डेसनकी अध्यक्ष पुनमसिंह राजवंशीले विभिन्न वित्तिय संस्थाहरुसँगको सहकार्यमा स्वास्थ्य सचेतनाका कार्यक्रमलाई अघि बढाउँदै आएको बताए ।

प्रमुख कार्यकारी अधिकृत जीवनसिंह राजवंशीले प्राथमिक उपचारका क्षेत्र र विधिहरुबारे जानकारी गराए। संस्थाका बजार ब्यवस्थापक सुशान्त पाठकले हालसम्म तीन वटा प्रदेशमा १५६ वटा स्वास्थ्य सचेतना कार्यक्रम गरि करिब ३० हजार नागरिकलाई प्राथमिक उपचारबारे जानकारी गराइएको बताए। यसैगरि १४१ वटा स्वास्थ्य शिविरबाट १२ हजार ५ सय जना भन्दा बढी जनतालाई सेवा प्रवाह गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर