AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुद विकास बोर्डद्वारा अध्यक्ष कार्कीको बिदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० जेष्ठ २०८२, मंगलवार १९:३२
495
Shares
विराटनगर/ कोशी प्रदेश खेलकुद विकास बोर्डले उत्तर कोरियामा तेक्वान्दो खेलको ७० औँ नामकरण दिवसको सम्झनामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कोरिया जान लागेका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीको बिदाई गरेको छ।

आज विराटनगर स्थित बोर्डको कार्यालयमा कोरियन तेक्वान्दो कमिटीको निमन्त्रनामा जेठ २९ गतेदेखि असार ५ गतेसम्म उत्तर कोरियाको राजधानी प्याङयाङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन लाग्नु भएको कार्कीको बिदाई गरिएको हो।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम) ले अध्यक्ष कार्कीलाई बिदाई गर्दै उपलब्धीमूलक भ्रमणको शुभकामना व्यक्त गरे। बस्नेतले उत्तर कोरियामा तेक्वान्दो खेल सम्बन्धी कार्यक्रमका सिकाईले प्रदेशको खेलक्षेत्रलाई समृद्ध बनाउन मदत पुर्याउने विश्वास लिएको बताए।

कार्कीले उत्तर कोरिया भ्रमणको क्रममा तेक्वान्दो खेलका संस्थापक जनरल च्योइ होङ्हीको समाधि स्थलको दर्शन, तेक्वान्दो सम्बन्धी विशेष सत्र र तालिममा , संयुक्त खेल प्रदर्शन लगायतको कार्यक्रममा सहभागिता रहने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर