AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विराटनगरको एभरेष्टमा अभिभावक शिक्षाः अभिभावक भन्छन्,‘धेरै कुरा सिकियो’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०८२, आईतवार १७:३७
171
Shares
विराटनगर / ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ ।

विद्यालयमा जति सुकै राम्रो वातावरण भएपनि अभिभावकले पनि धेरै कुरा जान्नुपर्ने रैछ । झट्ट हेर्दा सामान्य लाग्ने तर त्यसको प्रभाव ठूलो पर्दो रहेछ । धेरै कुरा सिक्न पाइयो ।’ विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुुलले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रममा सहभागि अभिभावक विशाल श्रेष्ठले भने। नर्सरीमा छोरा र कक्षा ५ मा छोरी पढ्दै गरेको बताएका उनले छोराछोरीलाई गलत नगरुन भनेर हप्काउँदा बालमस्तिष्कमा पर्ने असर, मोबाइल र टिभी देखाएर अल्मल्याउदाका नतिजाहरुको बारेमा समेत बुझिएको बताए। उनले भने ,‘थाहा नपाई हामीले धेरै गलत अभ्यास गरिरहेका छौं भन्ने बुझ्ने अवसर भयो ।’

यस्तै कक्षा १ मा अध्ययनरत विद्यार्थी रेयांश भण्डारीका बुवा होमनाथ भण्डारीले समेत उत्साही हुँदै भने, ‘एकदमै फलदायी कार्यक्रम, यस्तो कार्यक्रम हरेक वर्ष हुनुपर्छ, त्यसले विद्यालय र अभिभावकले बालबालिकासँग गर्ने व्यवहारमा एकरुपता ल्याउने रैछ ।’ स्कुलमा उनीहरु माथि गरिने व्यवहार र घरको व्यवहार एकै किसिमको हुन आवश्यक रहेछ भन्दै उनले बालबालिकालाई गर्ने ‘ट्रिट’ र उनीहरुलाई गर्ने मोटिभेसनका तरिकाहरु धेरै सिक्ने अवसर प्राप्त भयो ।

यस्तै अभिभावक बब्लु सहनीले पनि कार्यक्रमले धेरै सचेत गराएको बताए। बालबालिकाको अगाडी अभिभावकले गर्ने डिस्कसले पार्ने असर, बालबालिकाका हरेक माग पुरा गर्दा पर्न सक्ने प्रभाव , उनीहरुलाई डोमिनेट गर्दा हुने सम्भावनाहरुको बारेमा धेरै जानकारी पाइएको बताए ।

अभिभावक शिक्षाको कार्यक्रम पहिलो चरणमा कक्षा नर्सरीदेखि ६ सम्मका अभिभावकलाई दुई दिनसम्म सञ्चालन भएको हो । भाइस प्रिन्सिपल कुन्दन पुरीले यस माथिका कक्षाका अभिभावकहरुलाई पनि चाँडै सञ्चालन गरिने बताए। एभरेष्ट स्कुलको सभाहलमा सञ्चालन भएको अभिभावक शिक्षालाई उत्प्रेरक प्रितम पौडेलले सहजिकरण गरे। उनले बालमस्तिष्कमा पर्ने प्रभाव, अभिभावकहरुले निर्वाह गर्नुपर्ने भूमिका, बालबालिकासँग गर्ने व्यवहार तथा पारिवारिक वातावरणका विषयमा अभिभावकहरुलाई जानकारी गराए।

अन्तरक्रियात्मक रुपमा सञ्चालित कार्यक्रममा अभिभावकहरुले आफूहरुले गरिरहेको व्यवहार र स्कुलमा चाहेको वातावरणलगायतका विषयमा खुलेर चर्चा गरे। विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अभिभावक शिक्षा अपरिहार्य रहेको महशुष गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको बताए। उनले भने ,‘हामीले अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण बनाउँदै लगेका छौं, तर घरमा अभिभावकहरुले पनि सोहि अनुसारको वातावरण नबनाउँदा अपेक्षाकृत सुधार नहुने भएकाले अभिभावक शिक्षा सञ्चालन गरिएको हो ।’ उनले हरेक अभिभावकले आफ्ना बालबालिकाको मनोभाव अनुसारको वातावरण बनाएर उत्प्रेरणा जगाउन आवश्यक रहेको समेत बताए ।

अभिभावक शिक्षा सञ्चालन गरेपछि धेरै अभिभावकहरुले ‘गुड प्यारेन्टिङ’ गर्न थाल्नुभएको छ, त्यसको प्रभाव बालबालिकामा पर्न थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर