AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशीमा बाढी : कहाँ–कहाँ सडक अवरोध चारवटा सडक अझै खुलेन, पाँचवटा सडक सुचारु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०८२, शनिबार १९:५३
90
Shares
विराटनगर/आज विहान राती परेको अविरल वर्षाको कारण अवरुद्ध बनेको कोशी प्रदेशका ९ वडा सडकमध्ये पाँचवटा एकतर्फी खुलेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार अझै चारवटा सडक खुलेको छैन । अझै सुचारु हुन नसकेको सडकहरुमा कोशी राजमार्ग धनकुटाको साँगुरिगढी ६ फेदि स्थित लेउती खोलामा आएको बाढीले १ सय मिटर सडक कटान गरेर बगाएको छ । उक्त सडकको वैकल्पिक मार्ग पनि नभएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । यस्तै धनकुटाको चौविसे गाउँपालिका ४ मा निर्माणाधिन तमोर करिडोरको सडक खण्डअन्तर्गत छरुवा खोलामा बाढी आउँदा बाटो अवरुद्ध बनेको छ । यस्तै साँगुरिगढी ५ पहिरेस्थित डाँडाबजार, लुम्बाजुङ, कुहिभिर, ढाडेडाँडाको रवि राँके भेडेटार सडकमा पहिरो खस्दा एक पिकअप भेन पुरेको छ । उक्त सडक पनि अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उता उदयपुरको बेलका नगरपालिका ८ कोठुखोलास्थित उदयपुर मैनामैनी चुहार हुँदै भोजपुरसम्म संचालन हुने भित्री सडक पहिरोको कारण अवरुद्ध बनेको छ । अहिलेसम्म सो सडक खुल्न सकेको छैन । अबरुद्ध सबै सडक खुलाउने प्रयास जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए ।

वर्षापछि आएको बाढीले अवरुद्ध बनेको धनकुटाको साँगुरिगढी ६ स्थित नमस्ते झरना छेउमा अवरुद्ध बनेको कोशी राजमार्ग एकतर्फी खुलेको छ । यस्तै कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान १३ निशाने खोलामा आएको बाढीले पुलमा लेदो थुप्रिएको र रुख ढलेको कारण बन्द भएको बाटो पनि खुलेको छ ।

यस्तै सुनसरीको चतरा बहराहक्षेत्र भित्री सडक खण्डमा १५ मिटर झरेको पहिरो सुरक्षाकर्मीे हटाएको छ भने झापाको मेचीनगर ६ कालिखोलास्थित पूर्वपश्चिम राजमार्गमा आएको बाढीका कारण बगाएको कालिखोला डाइभर्सन पुनः निर्माण गरिएको छ । यस्तै इलामको माइ नगरपािलका ७ स्थित महमाई इलामबाट लारुम्बा जाने भित्री पक्की सडक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बाटो पुनः सुचारु भएको प्रहरीले जनाएको छ ।

यसैबीच पहाडि क्षेत्रमा परेको अविरल वर्षाको कारण बढेको केशलिया खोलाले बाँध फुटाउँदा विराटनगर १२ नम्बरको एकीकृत नमूना वस्ती जलमग्न भएको छ । १४५ घर दलित, मुसहर समुदायको वस्ती रहेको सो स्थानमा तत्काल बाँधको पुनः निर्माण नगरे थप जोखिम बढ्ने विराटनगरले जनाएको छ । हाल बाँसको जाली बनाएर सामान्य बाँध बनाएको भएपनि ठूलो बाढी आएको खण्डमा त्यसले नथाम्ने भन्दै सर्वसाधारण त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर