AArya
RUMPUM
animated ellipse animated ellipse

कर्मचारी महासंघ मोरङको एकता भेला सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७३, शनिबार १८:१५
3
Shares
विराटनगर, २६ चैत / नेपाल राष्ट्रिय कर्मचारी महासंघ मोरङको एकता भेला आज विराटनगरमा सम्पन्न भएको छ ।
विभिन्न समयमा विभाजित भएका कर्मचारीहरु एकै ठाउँमा एकतावद्ध हुने क्रममा आज भेला आयोजना गरिएको हो । विराटनगर स्थीत नेपाल टेलिकम क्षेत्रीय कार्यालयमा सम्पन्न भेलाले किरण न्यौपानेको संयोजकत्वमा ५१ सदस्यीय मोरङ जिल्ला समिति पनि गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महासंघमा निजामति, संस्थान, बैंक तथा वित्तिय कर्मचारी लगायत विभिन्न १३ वटा घटक संगठनहरु आवद्ध छन् । कर्मचारीहरुको हितको पक्षमा आवाज उठाउँदै परिवर्तनकारी शक्तिको पक्षमा अभिमत राखेर जनसेवामा जुट्ने उद्देश्यले संगठन परिचालन हुने संयोजक न्यौपानेले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङका इन्चार्ज कुशल लिम्बु, संयोजक गोपी अछामी, सहसंयोजक गणेश उप्रेती तथा नेकपा माओवादी केन्द्रका तर्फबाट विराटनगर उपमहानगरपालिकाको मेयर तथा उपमेयरका प्रत्यासि भोगेन्द्र यादव र नमिता न्यौपानेले जनताको पक्षमा काम गर्ने विश्वास सहित शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर