AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा डिजिटल मिडिया र एआईसम्बन्धी प्रेस चौतारीको तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०८२, शुक्रबार २०:२९
171
Shares
विराटनगर/ प्रेस चौतारी मोरङले डिजिटल मिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी क्षमता विकासको ३ दिने तालिम विराटनगरमा विहिबारदेखि शुरु गरेको छ।

जेठ ३ गतेसम्म सञ्चालित उक्त तालिम विराटनगर महानगरपालिकाको सहकार्यमा प्रेस चौतारी मोरङले आयोजनामा भएको हो।

तालिममा प्रेस चौतारीमा आवद्ध पत्रकार, सञ्चारकर्मी सहभागिता रहेको थियो। तालिम सहजीकरण प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईले गरेका छन्। भट्टराईले समाचार लेखन, सामग्री सम्पादन, तथ्य जाँच डिजिटल सुरक्षा, एआई उपकरणको प्रयोग र सामाजिक सञ्जालमा प्रभावकारी उपस्थिति कसरी कायम राख्ने भन्नेबारे व्यावहारिक ज्ञान प्रदान गरेका थिए।

प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले तालिमले सञ्चारकर्मीहरूलाई प्रविधिसँग अभ्यस्त बनाउने बताइन्। उनले भनिन्, डिजिटल युगमा सञ्चारकर्मीहरूलाई एआई र डिजिटल मिडिया प्रयोग गर्नसक्ने बनाउनु आजको आवश्यकता रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर