AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक: मन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०८२, बुधबार १९:२९
171
Shares
विराटनगर/ भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य सेवा विभागले विराटनगरमा आज आयोजना गरेको प्रदेशस्तरीय एक स्वास्थ्य समिति स्थापना गर्ने सम्बन्धमा प्रस्तावित समिति उपर छलफल तथा एक स्वास्थ्य रणनीति परिमार्जन कार्यशालामा मन्त्री राईले मानव स्वास्थ्यसँगै पशुपंक्षी र वातावरण संरक्षण अपरिहार्य रहेको बताएका हुन् । यसको लागि प्रदेश सरकार नियमित सहकार्य र समन्वय गरेर अघि बढ्न तत्पर रहेको उनको भनाइ थियो ।

कार्यशालामा प्रदेशमा मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षण सम्बर्द्धनका लागि प्रदेशस्तरी एक स्वास्थ्य निर्देशक र प्राविधिक समितिको संरचना र रणनीति निर्माण बारे छलफल भएको थियो । मानव, पशुपंक्षीमा फैलिने कुनै किसिमको महामारी र स्वस्थ्य वातावरण निर्माणका लागि एक स्वास्थ्य निर्देशक समितिले प्राविधिक समितिमार्फत प्रदेशमा आवश्यक स्रोत साधन जुटाएर काम गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले बताए।

छलफलपछि स्वास्थ्य मन्त्रीको अध्यक्षतामा गठन हुने एक स्वास्थ्य निर्देशक समितिमा उद्योग, कृषि तथा सहकारी मन्त्री, मन्त्रालयका सचिवहरूलगायत सरोकारवाला रहने प्रस्ताव गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकको अध्यक्षतामा सम्बन्धित सरोकारवाला प्राविधिक रहने गरी प्रदेशस्तरीय एक स्वास्थ्य प्राविधिक समिति गठन गर्नेसमेत प्रस्ताव गरेको हो । निर्देशक समितिको निर्देशनमा प्राविधिक समितिले प्रदेशभरि काम गर्ने छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक बाराकोटीको अध्यक्षतामा सम्पन्न कार्यशालामा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगा, स्वास्थ्य र कृषि मन्त्रालयका सचिवलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर