AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुलुकमा राजनीतिक स्थायित्व दिन दुई ठूला दलवीच वर्तमान सरकार गठन भएको हो –उपप्रधानमन्त्री सिंह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ बैशाख २०८२, बुधबार २०:४२
63
Shares
विराटनगर / उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्व दिन दुई ठूला दलवीच वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।
गणेशमान फाउण्डेशन मोरङद्वारा आज विराटनगरमा आयोजित  लोकतन्त्रको विकल्प–उन्नत लोकतन्त्र विषयक विचार गोष्ठी एवं लोकतान्त्रिक योद्धा महिला सम्मान कार्यक्रममा उनले जनता चाहना अनुसार राजनीतिक स्थिरता कायम गरि विकास निर्माणालाई गति दिन नेकां र एमाले सहित अन्य दलको सरकार निर्माण गरेको प्रष्ट पारे ।
उपप्रधानमन्त्री सिंहले भने,‘ लोकतन्त्रको विकल्प तानाशाही व्यवस्था हुन नसक्ने  कुरा हामी सबैले विस २०१७ सालदेखि २०४६ सम्म देखेको भोगेको स्मरण गराए ।’ उनले गणेशमानसिंह, वीपी कोइराला र सुवर्णशम्शेरले अङ्गिकार गरेको आदर्श, मूल्य र मान्यतामा आधारित राजनीति अहिले पनि त्यत्तिकै सान्दर्भिक रहेकोले त्यसलाई हामीसबैले आत्मसात गर्नुपर्नेमा जोड दिए ।
गणेशमान फाउण्डेशनका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री सिंहले संविधान सभाबाट जारि भएको समावेशी संविधानलाई कार्यान्यन गर्न यसमा रहेका रहेका कमीकमजोरी सुधार गर्न वर्तमान सरकार संशोधनका  लागि परेको बताए । उनले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र त्यसको जगमा जनतामा सम्पन्नता कायम गर्न वर्तमान सरकार क्रियाशिल रहेको बताए ।
कार्यक्रममा फाउण्डेशनका मोरङ अध्यक्ष फूलकुमार लालवानी, प्रदेश सभा सदस्यद्वय अमृत अर्याल र गणेश उप्रेती, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, जसपा नेपालका केन्द्रीय सदस्य संजयसिंह लगायतले लोकतान्त्रिक व्यवस्था भन्दा उत्कृष्ट व्यवस्था विश्वमा नरहेको चर्चा गर्दै जनताका आवश्यक्ता अनुसार वर्तमान संविधान संशोधन गर्नुपर्ने सुझाव दिए ।
उपप्रधानमन्त्री सिंहले महिला शिक्षामा महत्वपूर्ण योगदान दिने शान्ता घिमिरे र विस २००७ को क्रान्तिमा आर्थिक रुपमा महत्वपूर्ण सहयोग गर्ने ९४ वर्षिय इन्दुदेवी नौलखालाई ‘लोकतान्त्रिक योद्धा महिला’बाट सम्मान गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर