पूर्वाञ्चल खबर

आज पहिलो दिन पिजिदेखि कक्षा ३ सम्म अध्ययरत विद्यार्थीहरूले नाटक , फेशन,नृत्य, गायन, स्पिजलगायतका प्रतिभा देखाएर दिन भर उपस्थित अथिति तथा अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे । शनिबार ४ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको पहिलो दिनको प्रमुख अतिथि कोशी प्रदेशका समाजिक विकाश मन्त्री पाँचकर्ण राई रहेका थिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत, स्कुलका प्रिन्सिपल इन्द्र राई कलेजका क्याम्सप प्रमुख ठाकुर भण्डारीले बोलेका थिए ।
कार्यक्रम सभापतित्व मोर्डन एरा स्कुल ब्यवस्थापन समितका अध्यक्ष गोविन्द निरौलाले गरेका थिए । स्कुलमा पिजिदेखि कक्षा–१२ सम्म करिव १३५० विद्यार्थी अध्ययनरत रहेका छन् ।