AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगरको जरा केन्द्रित अभियान सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०८१, शनिबार १८:४९
342
Shares
विराटनगर / नेकपा एमाले विराटनगर महानगरपालिका संगठन कमिटीको जरा केन्द्रित अभियान सुरु भएको छ।

आज विराटनगरमा एमालेका महासचिव शंकर पोखरेलले अभियानको उद्घाटन गरेसँगै महानगर कमिटीको अभियान सुरु भएको हो।

महानगरपालिका कमिटीको जरा केन्द्रित अभियान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता संचालनमा स्थायित्व खोज्ने आधारमा गठबन्धन भएको बताए।

पोखरेलले साना दलहरुले संसदमा रहेको आफ्नो सिमित संख्यालाई जादुयी संख्या भन्दै ठूला दलहरुलाई नियन्त्रण गर्ने अस्थिर र भद्दा राजनीतिको अन्त्य गर्न समेत गठबन्धनको निर्माण भएको बताए।
पोखरेलले गठबन्धन तत्कालिन उदेश्य प्राप्तिको लागि भएकोले गठबन्धनले पार्टीको दिर्घकालिन लक्ष्यमा फरक नपार्ने बताए।

प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले पार्टीले संगठनमा सुधार ल्याउनका निम्ति देशव्यापी रुपमा जरा केन्द्रित अभियान संचालन गरेको बताए।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अहिलेको समयमा पार्टीको जनताको बहुदलीय जनवाद (जबज ) दर्शनले आफ्नो सान्दर्भिकता र देशको राजनीतिक सिद्धान्त मध्ये अब्बल भएको प्रमाणित गरेको धारणा व्यक्त गरे। खतिवडाले जरा केन्द्रित अभियान मार्फत पार्टी प्रदेशको १ हजार भन्दा बढी वडा र १० हजार बढी टोलहरुमा पुग्ने बताए।

एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले कोशी प्रदेशको एक मात्र महानगरपालिकाको कमिटीले गर्ने कार्यक्रम र अभियानहरु प्रदेशका अन्य पालिकाका लागि उदाहरण बन्नु पर्ने बताए। बस्नेतले अभियान मार्फत पार्टीको नीति , सिद्धान्त र पार्टीका सरकारमा रहेका उपलब्धीहरु जनतामा लिएर जाने प्रष्ट पारे।

महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले जरा केन्द्रित अभियान मार्फत वडा र टोल कमिटीमा जाँदै गर्दा विराटनगरको विकास खाका निर्माण गरेर पार्टीले मिसन ८४ अन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुख सहितको पद जित्ने तयारीमा लाग्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर