AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रेम दिवसमा विराटनगरमा सविन राईको प्रस्तुती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०८१, शनिबार १८:४२
45
Shares
विराटनगर / भ्यालेनटाईन डे अर्थात प्रेम दिवसको साँझ विराटनगरको हाटखोला मैदानमा प्रेममय संगितले गुम्जामय हुँदा साँच्चिकै प्रेम दिवसको अनुभुति भएको थियो ।

भ्यालेनटाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरि आयोजना गरिएको विराटनगर साँगितीक साँझमा गायक सविन राईको स्वरले धेरै दर्शकहरुलाई प्रेम दिवसको अनुभुत गराएको थियो । मन्जिना फाउन्डेसन नेपालको आयोजना तथा विराटनगरका युवाहरुको सहकार्यमा शुक्रबार साँझ विराटनगरको हाटखोला मैदानमा युगल जोडीदेखी परिवारीक सदस्यहरु समेत कार्यक्रममा सहभागी हुदाँ खेलमैदान भरिभराउ देखिन्थ्यो ।

राती करिव ९ बजेपछि स्टजे चढेका सविनले ‘समपर्ण छ यो भविष्य मेरो’ बोलको गितबाट कार्यक्रमलाई सुरु गरे । संगीत क्षेत्रमा झण्डै दुई दशक बिताइसकेका सविन राई नेपाली रक तथा पप संगीतमा एक फरक पहिचान बनाएका गायक हुन् । अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई एण्ड ‘फारोह’ व्याण्डले प्रेम दिवसको साँझलाई संगीतमय बनाएको थियो ।

सविनले भ्यालेन्टाईन बारे शब्द उच्चारण गर्दा दर्शकहरुको हुटिङ र तालिसँगै ह्प्याप्पी भ्यालेन्टाईन डेका शब्दहरु बर्सिरहेका थिए । सविन राईले अधिकाश आफ्ना चर्चित गीतहरु गाएका थिए । विराटनगरमा लामो समयपछि आएका सविन राईलाई प्रेम दिवसमा दर्शकहरुको दिर्घाबाट आई लु यु सविन राई ह्प्याप्पी भ्यालेनटाईन डे सविन राई भनिरहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर