AArya
RUMPUM
animated ellipse animated ellipse

नागरिक समाजका अगुवा पहाडी र मेयर कोइरालाबीच भेटवार्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०८०, बुधबार २१:३२
252
Shares
विराटनगर/ मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटवार्ता भएको छ ।

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थितिमा भएको छलफलमा पहाडीले सुशासन, वैज्ञानिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा महानगरले जोड दिनुपर्ने सुझाव दिए । सो अवसरमा उनले सीमाकृत वर्ग र जातका मानिसहरुको शिक्षा र स्वास्थ्यमा महानगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । त्यसका लागि सीमाकृत वर्गको पहिचान गर्नुपर्ने बताए । पहाडीले महानगरको विकासका लागि सम्बन्धित निकायमा आफूहरुको तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आजको युग प्रविधिमैन्त्री युग भएकाले सेवा प्रवाहलाई समेत प्रविधिमैत्री बनाउनु आवश्यक रहेको औंल्याए । भेटघाटमा मेयर कोइरालाले सुशासन, शिक्षा र स्वास्थ्य उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए । उनले सीमित बजेटका बाबजुत पनि जनताका चाहना पूरा गर्न महानगर लागिपरेको उल्लेख गरे । भेटघाटमा शान्ति समाज मोरङका सभापति प्रा.डा. जीवन ढकाल, सचिव अशोक लामा, अर्जुन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर