खबर पूर्वाञ्चल
आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सोकुरा बताएका हुन् । वरिष्ठ नेता खनालले वर्तमान सरकारले देश जनताको हितमा राम्रो काम गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेकोले आगामी निर्वाचनबाट सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले भने,‘ वामपन्थीहरुको अव टाउको गनेर होइन ,नीति तथा कार्यक्रमको आधारमा मिल्नु पर्छ ’। उनले मुलुकलाई समृद्धि कायम गर्न दलका नेताहरुले कृषि तथा औद्योगिकीकरणतर्फ लाग्नु पर्ने बताए ।
वरिष्ठ नेता खनालले कृषिलाई आधुनिकरण ,यान्त्रीकरण गरी विकासको आधार तय गरी हिडमा मात्र अर्थतन्त्रको सवलीकरण हुने बताए । उनले वर्तमान संविधानको सिंहालोकन गर्नु आवश्यक्ता रहेको बताए ।
नेता खनालले संम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानका राम्रा कुरा लागुपर्नेमा जोड दिए । उनले वर्तमान राजनीतिक दलहरुमध्ये नेकपा एकीकृत समावादीले मात्र जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरु ल्याएको बताए ।