खबर पूर्वाञ्चल
विष्णुले एपिएफका देवराज रानालाई २४–२२, २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१–११, २१–८ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । यस्तै सेमिफाइनलप्रवेश गर्ने अर्का खेलाडीहरुमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जन रहेकाछन् । प्रफुलले कास्कीका बिधान अधिकारीलाई २१–१४, २१–१२ र रुकेशले एपिएफका क्षितीज खनाललाई २२–२०, २१–१३ ले पराजित गर्दै सेमिफाइनलयात्रा तय गरेका हुन् । फाइनलप्रवेशका लागि अव विष्णुले प्रफुल र प्रिन्सले रुकेशको सामना गर्नेछन् ।
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शीर्ष १२ वरियता बाहेकको महिला एकल तर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफकी जेशिका गुरुङसंगको भेट पक्का गरेकी छिन् । इटहरीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा पनि दुईबीच सेमिफाइनलमा प्रतिस्पर्धा भएकोमा जेशिकाले जित हात पारेकी थिईन् । यस्तै अर्को प्रतिस्पर्धामा आर्मीकी अनुमाया राईले पुलिसकी नीता लम्साललाई २१–१६, २१–१५ ले पराजित गरी सेमिफाईनलमा आर्मीकै प्राथना देउवासंग प्रतिस्पर्धा गर्नेछिन् । प्राथनाले आर्मीकै अमिता गिरीबाट वाकओभर प्राप्त गरिन् ।
पुरुष एकल शीर्ष वरियता १६ देखि बाहेकतर्फ आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१–१८, २२–२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–८ ले पराजित गर्दै सेमिफाइनलभेट पक्का गरे । अर्को खेलमा एपिएफका प्रनिश सिंह ठकुरीले मोरङका बिवेक चौधरीलाई २१–८, २१–१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१–१४, २०–२२, २१–५ ले पराजित गर्दै सेमिफाईल प्रवेश गरे ।
पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाइनलप्रवेश गरेका छन् । साउदले आर्मीका अभय महरालाई २१–१४, २१–९, रानाले आर्मीका कविर केसीलाई १६–२१, २१–१८, २१–१३, रैनीले मोरङका सुप्रिम पन्तलाई २१–१७, २१–११ र मल्लले उदयपुरका विनय चौधरीलाई २६–२४, २१–१८ ले पराजित गरे ।
यस्तै महिला तर्फ आर्मीर्की रिहाना शेरचनले मोरङकी भावना गुरुङबाट वाकओभर प्राप्त गर्दै सेमिफाईनलमा स्थान बनाईन् । कास्कीकी निभा राईले पिएसबिसीकी आयुषा नेपाललाई २१–१८, २३–२१, आर्मीकी टिशा रानी शाक्यले बेलटार ब्याडमिन्टन एकेडेमीकी नितिशा रेयका मगरलाई २१–१७, २१–१० र ताप्लेजुङकी नुमा लिम्बुले एपिएफकी रन्जु रानालाई ११–२१, २२–२०, २१–१९ को संघर्षपूर्ण जित निकाल्दे सेमिमा स्थान बनाए ।
५५ बर्ष माथिको युगल तर्फ सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी, कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडी, पाँचथरका रामराज आङदम्बे र संजय भक्तराजको जोडी तथा बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडीले पनि सेमिफाईनलमा स्थान बनाए ।