AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उमागौरी सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष शम्भूप्रसाद रौनियार जेल चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०८१, आईतवार १६:५७
684
Shares
विराटनगर/ ठगी मुद्दामा मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष शम्भूप्रसाद रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजाशले आज रौनियार पुर्पक्षको लागि कारागार चालन भएका हुन् । अदालतको आदेशपछि रौनियार पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबादुर बुढाथोकीले जानकारी दिए ।

ठगी मुद्दामा रौनियार मुख्य अभियुक्ति रहेका थिए । पक्राउ पुर्जी जारी भएको एक सय दिनपछि अदालतमा सोमबार उपस्थित भएका थिए ।

सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि असोज २ गते अध्यक्ष रौनियार विरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ अनुमति जारी भएको सुचना चुहिएपछि फरार भएको एक सय दिनपछि उनी सोमबार कानुन व्यवसायीलाई साथमा राखेर अदालतमा उपस्थित भएका हुन् ।

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।

मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत २४ पुसमा अदालतमा उपस्थीत भएकी सहकारीको पूर्वसञ्चालक अन्जला कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् । यो मुद्दामा अहिलेसम्म पाँच जना अदालतमा उपस्थित भएका छन् । तीन जनाको हकमा धरौटि रकम बुझाएर रिहा भएका छन् भने एक जना पुर्पक्षको लागि थुनामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर