AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भरिया पक्राउ परेपछि खुल्यो झाको अवैध धन्दा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०८१, सोमबार १८:३६
1.87k
Shares
विराटनगर/न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झाले एक दशक अगाडीदेखि न्युट्रास्युटीकल आयत गर्ने सप्लायर्स चलाउँदै आएका छन् । उनको साक्षी मेडिलिंकमार्फत भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याउने र यहाँ ल्याएपछि आफै खरिद गरेको भन्दा दश गुणा बढी मुल्य तोकेर बजार पठाउने गरेको पाइएको हो ।

कतिपय न्युट्रास्युटीकल क्यारिङ गरेर पनि ल्याउने गरेको जानकारहरु बताउँछन् । ‘कतिपय न्युट्रास्युटीकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेका छन् । त्यो भन्दा धेरै भरिया प्रयोग गरेर तस्करी गरि ल्याउने गरेको पाइएको छ । यस घटनाको अनुसन्धान गर्दै आएका एक जना अनुसन्धान अधिकृतले भने, ‘आइतबार झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटीकल बरामद गर्नुमा एक जना भरिया पक्राउ गरेपछि पत्ता लागेको हो ।

तस्करी गरेर न्युट्रास्युटीकल ल्याउने भरियालाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा झाको सप्लायर्समा ल्याउने गरेको बताएपछि राजस्व र प्रहरी पुग्दा ठूलो परिमाणमा गोदाममा राखिएको अवस्थामा म्याद सकिएको न्युट्रास्युटीकलमा पुन नयाँ स्टिकर, उत्पादन मिति र मुल्य तोक्ने स्टिकर आफै लगाउने गरेको पाइएको छ ।’ झाले म्याद सकिएको न्युट्रास्युटीकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटयाउन केमिकल पनि प्रयोग गर्ने सामान प्रहरीले बरामद गरेको छ । ‘म्याद सकिएको मिति केमिकल प्रयोग गरेपछि नयाँ उत्पादन मिति र मुल्य तोक्ने गरेको पाइएको छ । झाको गोदमबाट मुल्य तोक्ने स्टिकल पनि बरामद भएको छ,’ एक जना अनुसन्धान अधिकृतले भने ।

न्युट्रास्युटीकलका अध्यक्ष झाले विराटनगसहित पुर्वको विभिन्न सहरहरुमा न्युट्रास्युटीकल सप्लायर्स गर्दै आएका छन् । उनले सबैभन्दा बढी विराटनगरको ठुलो फार्मेशी भित्रको हस्पिटल र विराटनगरको ठूलो मेडिसन पसलमा जाने गरेको छ । सबैभन्दा बढी विराटनगरको जलजला मोडमा रहेको अलट फार्मेशीले झाको सप्लयार्सबाट न्युट्रास्युटीकल आयत गर्दछन् । केही समय अगाडी मात्रै झाले अटल फार्मेशीलाई ठूलो परिमाणमा खाद्य पुरक सामाग्री विक्री गरेको बताएका छन् । ‘झाले अटललाई दिएको खाद्य पुरक सामाग्री पनि म्याद सकिएमा नयाँ स्टिकर टास गरि पठाएको भन्ने खुल्न आएको छ । यस विषयमा हामीले अनुसन्धान सुरू गरेका छौं,’ अनुगमनमा पुगेका एक जना अनुसन्धान अधिकतृले भने ।

स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारी अनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटीकल यहाँ ल्याएर आफै मुल्य तोकेर पाँच सयसम्म विक्री गर्दछन् । ‘एक पत्ता न्युट्रास्युटीकलमा दश गुणासम्म मुनाफा राखेर न्युट्रास्युटीकल विक्री गर्ने गरेको पाइएको छ । यसमा केही चिकित्सकहरुको पनि मिलेमत्तो रहेको छ । चिकित्सकलाई धेरै प्रकारको मल्टिभिटामिन लेख्न लगाउने र एउटा पूर्जीमा पाँच हजारसम्मको न्युट्रास्युटीकल लेख्ने गरेको पाइएको छ,’ एक जना फार्मेशी संचालकले भने, ‘चिकित्सकले लेखिदिएपछि विरामीले खरिद गर्दछन् ।

सस्तोमा खरिद गरेको न्युट्रास्युटीकल यहाँ ल्याएपछि महंगोमा विक्री गर्दछन् । यसरी विरामीलाई चर्को मुल्यमा विक्री गरेको पैसाँ न्युट्रास्युटीकल सप्लायर्सले चिकित्सकलाई पनि दिने गरेका छन् ।’ यसरी चाँडै पैसाँ कमाउने धन्दामा लागेका झाले भने नष्ट गर्ने तयारी गरिएको न्युट्रास्युटीकल बरामद भएको दाबी गरेका छन् । ‘नष्ट गर्न हामी आफैले गरेर हुदैन । महानगरपालिकाबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसरी नष्ट गर्ने क्रममा बरामद गरेको हो,’ उनले भने, ‘राजस्व तिरेर हामीले न्युट्रास्युटीकल ल्याउने गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर