विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
नेपाल बार एशोसिएशन महिला कानून व्यवसायीहरु महिलाहरुको ३१ र्आँै राष्ट्रिय सम्मेलनको आज समापनका अवसरमा उनले न्याय सम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिा लागि विशेष प्रोत्साहन दिनु पर्ने सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कार्य क्षेत्राधिकार परेमा महिला कानून व्यवसायीहरुको विराटनगर घोषणा पत्र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त्त गरे । उनले महिलाहरु इमान्दार र सक्षम हुनाले उनीहरुलाई प्राथमिकता दिएमा घर, समाज र राष्ट्रले समृद्धि कायम गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशले विस २०८२ मनाउने पर्यटन वर्षमा महिला कानुन व्यवसायीहरुको राष्ट्रिय स्तरको कार्यक्रम यस क्षेत्रमा गर्न आग्रह गर्दै यसमा सरकारले विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
मुख्यमन्त्री कार्कीले स्थानीय पालिकालाई महिला कानून व्यवसायी राख्न सुझाव दिंदै यसवाट पालिकाको न्याय सम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त्त गरे । उनले प्रदेश सरकारले विराटनगरमा निर्माण गर्ने आफ्नो संरचनामा एउटा अन्तर्राष्ट्रियस्तरका सभा हल निर्माण गर्ने सोचले कार्य गरिरहेको जानकारी समेत दिए ।
नेपाल वार एशोसिएशन कानुन व्यवसायी महिला समितिका अध्यक्ष आशा राई, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता चुडामणी आचार्य र नेपाल बारका पूर्व केन्द्रीय सदस्य कविता वस्नेत थापाले महिलाहरुलाई कानुन व्यवसायीहरुमा आउनका लागि प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिए ।
वरिष्ठ अधिवक्ता कविता बस्नेतले विराटनगर राष्ट्रिय सम्मेलनको ३१ बुँदे घोषणा पत्र सार्वजनिक गरे । सो अवसरमा मुख्यमन्त्री कार्कीलाई महिला कानुन व्यवसायी समितिका अध्यक्ष राईले ३१ वुंंदे घोषणा पत्र हस्तान्तरण गरे ।