AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०८१, बुधबार १७:१४
135
Shares
विराटनगर/ मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

पालिकाको प्राङ्गणमा आज शपथग्रहण पछि पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । ‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिका भित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरुलाई समेत आजकै मितिबाट एम्बूलेन्स सेवा पूर्ण रुपमा उपलब्ध गराउने निर्णय गर्दछु,’ उनले गरेको नियर्णयको व्यहोरा सुनाउँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिए ।

माझीलाई आज नै मोरङका जिल्ला न्यायाधिश उद्धब भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । शपथग्रहण कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्वमन्त्री विजय विश्वास, पूर्व प्रदेशसभा सांसद कुलप्रसाद साम्बा लगायतको उपस्थिति थियो ।

शपथग्रहण पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले जनताको इच्छा र आकांक्षा अनुरुप आफू अगाडि बढ्ने बताए । उनले जनताले कुनै गुनासो लिएर पालिकामा धर्ना दिन वा आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन आफूले जनतासँगै काम गर्ने प्रतिबद्धता पनि जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर