RUMPUM
animated ellipse animated ellipse

लाहानमा एक यूवाको हत्यामा सङ्लङ पाँच पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०७३, आईतवार २१:२०
3
Shares
सिरहा, २० चैत / सप्तरी नगरपालिका– ८ का श्रवणकुमार साह हत्याको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएको छ ।
साहको सिरहाको लहान नगरपालिका– ३ स्थित आँपको बगैँचामा झुण्डिएको अवस्थामा चैत १३ गते शव भेटिएका थियो । साहको हत्यामा संलग्न रहेको पक्राउ गरिएका पाँच जनालाई आज सिरहा जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि छ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) हीराबहादुर पाण्डेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लहानले आज साँझ कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न एकजना अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी गराएको छ ।
साहको हत्यामा प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा एक महिलासहित पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको हो । पक्राउ पर्नेमा लहान नगरपालिका– ३ वसन्त साह, सप्तरीको सुरुङ्गा नगरपालिका– ५ की रञ्जुकुमारी मण्डल, सिरहाको फूलकहाकट्टी– ९ घर भई हाल लहान– ३ बस्दै आएका भोलाजित नेपाल सिंह, लहान– ८ का दीपक शर्मा र लहान– ३ का मिस्टर राईन रहेका छन् ।
साहको हत्यामा संलग्नले पक्राउपछि दिएको बयान अनुसार मृतक श्रवणले चैत १३ गते साँझ आरोपी रञ्जुलाई आफ्नो मोवाइलबाट ‘तिम्रो मोवाइलको मेमोरी मैले भेटेको छु, त्यसमा अश्लील भिडियोहरू पनि छन् भन्दै फोन गरेका थिए । उनले फोन गर्ने समयमा रञ्जुसँगै रहेका वसन्त र भोलाजितले ‘को रहेछ, त्यसलाई भेटेर सिध्याउनुपर्छ’ भन्दै लहान– ३ स्थित नयाँ बस पार्कतिर गएका थिए । त्यही बेला भोलाजितले आफ्ना साथीहरू दीपक र रमानन्द गुप्तालाई बोलाएर आफूसहित पाँच जना नयाँ बसपार्क पुगे पछि रञ्जुलाई पर्खिरहेका श्रवणमाथि कुटपिट भएको थियो ।
कुटपिटबाट ज्यान जोगाउन भाग्दै नजिकै रहेको बिन्दी यादवको घरमा लुकेर बसेका श्रवणलाई घरबाट थुतेर पानी छ्याप्दै मरणासन्न हुनेगरी कुटेपछि उनी ज्यान जोगाउन पुुनः भाग्दै पूर्वतिरको नर्सरी तिर गएका थिए । त्यहाँबाट मोटरसाइकलमा राखेर लहान– ३ का रोशन साहको आँपको बगैँचामा पुगेका उनलाई त्यहीँ हत्या गरेर ‘आत्महत्या गरेको’ भन्ने देखाउन आरोपीहरूले कपडाको डोरी बनाएर आँपको रूखमा झुण्ड्याइ दिएका थिए ।
हत्यामा संलग्न वसन्त र रञ्जुलाई खोजतलासको क्रममा सुनसरीको सोनापुरबाट लुकिछिपी बसिरहेको अवस्थामा तथा भोलाजित र दीपकलाई चैत १८ गते र मिस्टर राईनलाई चैत १९ गते स ६ प ७४१४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।
पक्राउ गरिएका वसन्त घर निर्माणको ठेक्कापट्टाको काम गर्थे । रञ्जु पनि उनीसँगै मजदुरको रूपमा काम गर्दै थिइन् । घटनाको दिन श्रवणले फोन गरेको समयमा दुवै जना लहान– ३ का देवकान्त सिंहको निर्माणाधीन घरको छत ढलानको काम गर्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर