AArya
RUMPUM
animated ellipse animated ellipse

एडीवीका योजना छिटो अगाडि बढाइदिन मेयर कोइरालाको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०८१, बुधबार १८:४०
3
Shares
विराटनगर /संघीय राजधानी काठमाडौंमा रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर एडीवीलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरे ।

उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार समितिका संयोजक कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापालगायतलाई साथैमा लिएर सहरी विकास मन्त्रालय पुगेका मेयर कोइरालाले मन्त्री सिंहलाई यस्तो आग्रह गरेका हुन् । ड्रेन, सडक, प्रादेशिक बसपार्क, फोहोरमैला व्यवस्थापनलगायतका योजना छिटो अगाडि बढाइदिन आग्रह गरे । सो अवसरमा उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले विराटनगरको विकासका लागि आफू गम्भीर रहेको बताए ।

राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको योगदानलाई बिर्सनै नसकिने बताउँदै सिंहले मन्त्रालयका तर्फबाट सहयोग गर्न तयार रहेको उल्लेख गरे । उनले दातृ निकासहरुसित पनि मन्त्रालयका तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा सहरी विकास विभागका योजना निर्देशक रोशन श्रेष्ठ, परामर्शदाता एसईएमईसीका प्रतिनिधिलगायतको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर