RUMPUM
animated ellipse animated ellipse

म्यादी प्रहरीमा दोब्बर आवेदन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७३, शुक्रबार २०:४६
3
Shares
फाइल तस्वीर
विराटनगर,१८ चैत÷ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागी पूर्व क्षेत्रमा ४६ हजार ४ सय ३१ ज्ना म्यादी प्रहरी बन्न आवेदन दिएका छन ।
आवेदन दिएका मध्ये ४० हजार ४२ जना पुरुष ६ हजार ८९ महिला रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीले निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरीका लागि चैत ११ गतेदेखि चैत १७ गते सम्म आवेदन खुल्ला गरेको थियो ।
नेपाल भर ७५ हजार म्यादी प्रहरीको लागी जिल्ला प्रहरी कार्यालयहरुमा आवेदन दर्ता खुल्ला गरेको थियो ।
जसमध्ये सबै भन्दा बढी मोरङमा ६ हजार ८ सय ६२ जनाको आवेदन परेको छ भने सबै भन्दा कम सोलुखुम्बुमा ६ सय ५४ जनाले आवेदन दिएका छन् ।
त्यसैगरी ताप्लेजुङमा १ हजार ६ सय ५६, पाँचथरमा १ हजार ८ सय ८१, ईलाममा २ हजार ९ सय १०, झापामा ६ हजार ५ सय ८६, सुनसरीमा ५ हजार २ सय १३, धनकुटा १ हजार ६ सय ९७, तेह्रथुम ९ सय ४१को आवेदन परेको छ ।
त्यस्तै संखुवासभा १ हजार ७ सय ८२, भोजपुरमा १ हजार ९ सय ७१, उदयपुरमा २ हजार ९ सय ६१, खोटाङ १ हजार ४ सय ७८, ओखलढुङामा १ हजार ६४, सप्तरीमा ५ हजार ७ जना र सिरहामा ३ हजार ७ सय ६८ जनाको आवेदन परेको छ ।
पूर्वाञ्चलका १६ वटा जिल्लामा स्थानीय तहको निर्वाचन सुरक्षार्थ करिब १६ हजार ७ सय ७२ म्यादी प्रहरी खटिने छ भने म्यादी छनौट का लागी जिल्ला छनौट समितीले आवेदकहरुको उचाई, स्वास्थ्य परिक्षण, लिखित तथा अन्तरवार्ता परिक्षा लिई छनौट गर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर