animated ellipse animated ellipse

बाह्र बटुकको सामूहिक ब्रतबन्ध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०७८, आईतवार १७:२४
279
Shares
विराटनगर / विराटनगरस्थित नेपाली भाषा सांस्कृतिक संघ झी पुचले १२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गरेको छ ।

धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्दै विराटनर, धरान र इनरुवका १२ जटा बटुकहरुको विराटनगरस्थित बगलामुखी मन्दिर परिसरमा सामूहिक ब्रतबन्ध गरिएको झि पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए ।

सामुहिक ब्रतवन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले झि पुच विराटनगरले सामूहिक ब्रतबन्ध वर्षौदेखि गर्दै आएको छ ।

यसअघि नेवार कन्याहरुको सामुहिक इही अर्थात बेलविवाह सम्पन्न गरेको थियो । केही दिन अगाडी २२ जना नेवार कन्याहरुको सामुहिक बेलविवाह सम्पन्न भएको झी पुचका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर